Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा हुने एमालेको १०औं महाधिवेशनः उद्घाटनपछि सिधै उम्मेदवारी र मतदान प्रक्रिया

चितवनमा हुने एमालेको १०औं महाधिवेशनः उद्घाटनपछि सिधै उम्मेदवारी र मतदान प्रक्रिया

images

इच्छाकामना न्युज

१३, कार्तिक २०७८
चितवनमा हुने एमालेको १०औं महाधिवेशनः उद्घाटनपछि सिधै उम्मेदवारी र मतदान प्रक्रिया
images

काठमाडौं, १३ कार्तिक । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) १०औं महाधिवेशनको उद्घाटनपछि सिधै उम्मेदवारी दर्ता र मतदान हुने भएको छ । अधिवेशनमा कुनै दस्तावेजमाथि छलफल हुनेछैन । हालै सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रस्तावमा छलफल भएको थियो । एमाले नेता काशीनाथ अधिकारीले १०औं महाधिवेशनमा कुनै दस्ताबेज प्रस्तुत नहुने बताए ।

‘यो महाधिवेशनमा कुनै दस्तावेज पेस हुनेछैनन् । हामीले विधान महाधिवेशनमा सबै दस्ताबेज पारित गरिसकेका छौं । महाधिवेशनमा उद्घाटनपश्चात् बन्द सत्र सुरु हुने र निर्वाचन प्रक्रिया अघि बढनेछ’ अधिकारीले भने ।

महाधिवेशनमा नेतृत्व चयन गर्ने सवालमा सर्वसम्मत प्रयास हुने र त्यसो हुन नसकेको अवस्थामा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने व्यवस्था भएको उनले बताए । प्रथम विधान महाधिवेशनमा सबै दस्ताबेजमाथि छलफल भएको र सो विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेको उनले बताए । अब नेतृत्व चयनमै महाधिवेशन केन्द्रित हुने अधिकारीले बताए । यद्यपि अध्यक्षको तर्फबाट एउटा सानो आकारको राजनीतिक प्रतिवेदन आउन सक्ने उनले बताए ।

बढ्यो महाधिवेशन प्रतिनिधि संख्या

महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा सदस्यले प्रतिनिधि संख्या बढाउन सुझाव दिएपछि स्थायी कमिटी बैठकले गरेको निर्णयमा संशोधन गरिएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि संख्या बढाउने निर्णय गरेको हो । एमाले सचिव प्रदीप ज्ञवालीले महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुने बताए । यसअघि बसेको स्थायी कमिटी बैठकले १५ सय ३६ प्रतिनिधि सहभागी हुने निर्णय गरेको थियो । विभिन्न मापदण्डका आधारमा यी प्रतिनिधि चुनिने व्यवस्था गरिएको छ ।

यसैबीच २७ कात्तिकमा देशैभरि एकैचोटि महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय एमालेले गरेको छ । २७ कात्तिकमा देशैभरि एकै दिन महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने निर्णय बैठकले गरेको सचिव ज्ञवालीले बताए ।

एमाले सचिव ज्ञवालीले स्थायी कमिटीको बैठकले गरेको निर्णयमा संशोधन गर्दै केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार महाधिवेशनमा प्रतिनिधि सभहभागी हुने बताए । केन्द्रीय कमिटीको अर्को बैठक चितवनमा महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने निर्णय गरिएको छ ।

बैठकले महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना थपेर २३ सदस्यीय बनाएको छ । नयाँ थप भएका सदस्यहरूमा नेता रघुजी पन्त र शेरबहादुर तामाङ छन् । यसअघि नै नेता रामबहादुर थापा बादलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको छ । महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ । १०औं महाधिवेशनमा १० देखि १२ मंसिरमा चितवनमा हुने निर्णय यसअघि नै भइसकेको छ ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७८ शनिवार - ०९:२६:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology