मझिमटार, १२ कार्तिक । धादिङको बेनिघाट रोराङ ९ मझिमटारमा रहेको पौरखी महिला विकाश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। मझिमटारमा आज एक कार्यक्रमको आयोजना गरि सहकारीको वार्षिक साधारण सभा सम्पन्न गरेको हो।

सहकारीका अध्यक्ष सीताकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाको प्रमुख अतिथि बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवीप्रसाद सिलवाल रहनुभएको थियो भने कार्यक्रममा गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख पुजा खनाल, वडा नं. ९ का वडाध्यक्ष सुरेश मल्ल, महिला मानव अधिकार रक्षक संजालका दीपा कडेल, जोगीमारा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष विनोद शाह लगायतकाहरुको उपस्थिति रहेको थियो।

सभामा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सिलवालबाट संस्थाका असल ऋणि र ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मानित गरिएको व्यवस्थापक रीता गिरीले बताईन्। कार्यक्रममा संस्थाका सचिव जानुका (सिखडा) घिमिरेले सञ्चालन गरेका थिए।