Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँका पालिकाको राजनैतिक नेतृत्व हाक्ने एक्ली महिला एमाले आँबुखैरेनीकी अध्यक्ष मिना अधिकारी भन्छिन्ः ‘महिला सक्षम छन् भन्ने पुष्टि गर्नेछु’

तनहुँका पालिकाको राजनैतिक नेतृत्व हाक्ने एक्ली महिला एमाले आँबुखैरेनीकी अध्यक्ष मिना अधिकारी भन्छिन्ः ‘महिला सक्षम छन् भन्ने पुष्टि गर्नेछु’

images

इच्छाकामना न्युज

११, कार्तिक २०७८
तनहुँका पालिकाको राजनैतिक नेतृत्व हाक्ने एक्ली महिला एमाले आँबुखैरेनीकी अध्यक्ष मिना अधिकारी भन्छिन्ः ‘महिला सक्षम छन् भन्ने पुष्टि गर्नेछु’
images

आँबुखैरेनी, ११ कार्तिक । नेकपा एमालेको गाउँ तथा नगर अधिवेशन मंगलबार सम्पन्न भएको छ । यही क्रममा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सर्वसम्मत नेतृत्व चयन भएका पाँच स्थानीय तहमध्ये आँबुखैरेनीले महिला नेतृत्व पाएको छ । आँबुखैरेनीकी अध्यक्ष बनेकी ४४ बर्षीया मिना अधिकारीको नेतृत्वमा ५३ सदस्यीय गाउँ कमिटी गठन भएको छ ।

उनी सर्वोच्च अदालतको निर्णयअनुसार नेकपा एमाले र माओवादी केन्द्रको एकता भंग भएपछि एमालेको गाउँ कमिटी अध्यक्ष थिइन । गाउँ कमिटी अध्यक्ष बनेपछि अधिकारीले महिला नेतृत्व हाँक्न सक्षम रहेको पुष्टि गर्ने बताएकी छिन् । उनले भनिन्, 'मसँग आँट र साहस दुवै छ । अनुभव पनि छ । मेरो कामले महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने प्रमाणित हनेछ ।'

उनले महिलालाई नेतृत्व दिन पार्टी पंक्तीले पनि कन्जुस्याँई गर्ने गरेको बताइन् । 'अहिलेसम्मको परिस्थितिमा कुनै राजनीतिक दलले पनि महिलालाई नेतृत्व सहजै दिएका छैनन् । एक त महिलालाई घरपविारबाटै असाध्यै कठिन छ । त्यो चुनौति पन्च्याएर राजनीतिमा लागेपछि पनि पार्टीको अन्तरिक राजनीतिमा फेरि संघर्ष गर्नुपर्ने हन्छु', उनले भनिन् । अब पार्टीमा महिलाको सहभागितासँगै नेतृत्वमा पुर्याउन भूमिका खेल्ने उनको भनाइ छ ।

बन्दीपुर गाउँपालिका–१ नाहालमा जन्मिएकी अधिकारीले कक्षा ९ मा पढ्दा अनेरास्ववियू छैटौंमा प्रवेश गर्दै राजनीतिक यात्रा सुरु गरेकी थिइन् । उनी ०५५ सालपछि भने पार्टीको सक्रिय राजनीतिमा लागेकी थिइन ।

images
प्रकाशित मिति :कार्तिक ११, २०७८ बिहिवार - १९:३४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology