Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कोरोनाका कारण २ वर्षदेखि रोकिएको आँदिमूल मन्दिरमा यसवर्ष मेला लाग्ने

कोरोनाका कारण २ वर्षदेखि रोकिएको आँदिमूल मन्दिरमा यसवर्ष मेला लाग्ने

images

इच्छाकामना न्युज

९, कार्तिक २०७८
कोरोनाका कारण २ वर्षदेखि रोकिएको आँदिमूल मन्दिरमा यसवर्ष मेला लाग्ने
images

आँबुखैरेनी, ९ कार्तिक  । तनहुँको आँदिमूल मन्दिरमा यसवर्ष ठूलो एकादशी मेला लाग्ने भएको छ । मन्दिरमा पृथ्वी राजमार्गको सत्रसय र याम्पाफाँटबाट करिब ४० मिनेटको पैदल दुरी र २० मिनेटको सवारीसाधनबाट पुग्न सकिन्छ ।

आँदिमूल बाराही देबी मन्दिरमा यस वर्ष मेला लाग्ने वडाअध्यक्ष किसन थापाले जानकारी दिए ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. १ मा रहेको आँदिमुल (आँदिबराही) मन्दिरमा गतवर्ष मेला लागेको थिएन । हरेक ठूलो एकादशीका दिन हजारौंको संख्यामा भक्तजन र मेला भर्नेको भिड लाग्ने गरेकोमा कोरोना भाईरसको त्रास रहने हुँदा गतवर्षको मेलाको आयोजना गर्न रोक लगाईएको थियो ।

उक्त मन्दिरमा ठूलो एकादशीका दिन टाढा–टाढाबाट बाजागाजा सहित फूलको डोली भित्र्याउने चलन छ । यस वर्ष भने कोरोनाको असर न्यून देखिएकाले मेला लाग्न लागेको आँदिमुल मन्दिर संरक्षण समितिका अध्यक्ष पदमराज अधिकारीले बताए ।

images
प्रकाशित मिति :कार्तिक ९, २०७८ मंगलवार - २०:५०:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology