Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

तास काण्ड बाहिरिएपछि सर्लाहीका प्रजिअ महतो सहित दुई प्रहरी उपरिक्षक राठौर र श्रेष्ठको काज सरुवा 

तास काण्ड बाहिरिएपछि सर्लाहीका प्रजिअ महतो सहित दुई प्रहरी उपरिक्षक राठौर र श्रेष्ठको काज सरुवा 

एसपी गौरब

८, कार्तिक २०७८
तास काण्ड बाहिरिएपछि सर्लाहीका प्रजिअ महतो सहित दुई प्रहरी उपरिक्षक राठौर र श्रेष्ठको काज सरुवा 

सर्लाही, ८ कार्तिक । सर्लाहीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख र सशस्त्र प्रहरी उपरिक्षकको सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, प्रहरीका प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी १० नम्बर हे.क्वा.गण सर्लाहीका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठको काज सरुवा भएको हो ।

images

केही समय अघिको तास काण्डमा संग्लग्न भएका जिल्लाका तीनैजना प्रमुखहरुको काज सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । तास काण्डमा संग्लन रहेको आरोपमा प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख तथा शसस्त्र प्रहरी उपरिक्षकको एकैसाथ काज सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार प्रमुख जिल्ला अधिकारीको रुपमा बाबुराम खतिवडालाई सर्लाही खटाउने र प्रहरी प्रमुखको रुपमा प्रहरी उपरिक्षक कृष्ण प्रसाई र सशस्त्र प्रहरी उपरिक्षक भरत खनियाँ सर्लाही आएका छन् । प्रहरी उपरिक्षक प्रसाई यस अघिपनि प्रहरी नायव उपरिक्षक हुँदा सर्लाही बसेका र अहिले फेरी प्रहरी प्रमुख भएर सर्लाही आउनुले शंकाको घेरामा हेरिएको छ । नेपाली कांग्रेस निकट रहेका प्रहरी उपरिक्षक प्रसाई नेपाली कांग्रेसको सरकार बने लगतै प्रमुखको रुपमा जाने तयारीमा रहेका प्रहरी स्रोतले नै बताएको छ । 

प्रमुख जिल्ला अधिकारी महतो असार २१ गते मात्र सर्लाही सरुवा भई आउनु भएको थियो भने प्रहरी उपरिक्षक राठैर सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठको सर्लाही बसाईको अवधि पुरा भई सकेको र सरुवाको तयारीमा रहेका थिए ।

तर सर्लाहीका प्रमुख जिल्ला अधिकारी महतोको सरुवालाई जिल्लाका नागरिकहरुले तस्करहरुको षड्यन्त्रको आशंका गरेका छन् । प्रमुख जिल्ला अधिकारी महतोले सर्लाही रहदा छोटो समयमै नागरिकता पाउन सास्ती बेहोरेका नागरिकहरुलाई राहत पुगोस भनेर आवश्यक कागजात पुगेका नागरिकहरु नागरिकता बनाउन आएमा एक घण्टामै नागरिकता पाउँने व्यस्ता मिलाउनुका साथै केहि सुधारका प्रयास समेत गरेका थिए।

तापनि सार्वजनिक स्थलमा जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिम्मेवारीबाट हटाईएको हुनसक्ने अनुमान समेत नागरिकहरुले गरेका छन् ।सशस्त्र प्रहरी बल नं.१० हे.क्वा.गण भित्र तास खेलेको भिडियो सार्वजनिक भएपछि उनीहरुलाई सम्बन्धीत निकायले तानेको छ ।

images
प्रकाशित मिति :कार्तिक ८, २०७८ सोमवार - २१:५६:४३ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology