Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

टि–ट्वान्टी विश्वकप क्रिकेटमा भारत माथि पाकिस्तानको ऐतिहासिक जित

टि–ट्वान्टी विश्वकप क्रिकेटमा भारत माथि पाकिस्तानको ऐतिहासिक जित

एजेन्सी

८, कार्तिक २०७८
टि–ट्वान्टी विश्वकप क्रिकेटमा भारत माथि पाकिस्तानको ऐतिहासिक जित
images

टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ । आइतबार दुबईमा भएको समूह–२ को खेलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले ऐतिहासिक जित निकालेको हो ।

images
images

१५१ रनको विजयी लक्ष्य पाएको पाकिस्तानले १७ ओभर ५ बलमा बिना कुनै विकेट क्षतीमा १५२ रन बनाएको हो । पाकिस्तानको जितमा ओपनरद्वयद मोहम्मद रिजवान र कप्तान बबर अजामले १५२ रनको कीर्तिमानी साझेदारी गरे ।

५५ बल खेलेका रिजवानले सर्वाधिक ७९ रन बनाए । यस्तै ५२ बल खेलका कप्तान अजामले ६८ रनको योगदान गरे । पाकिस्तानविरुद्ध बलिङ गरेका भारतका कुनै पनि बलर सफल हुन सकेनन् ।

टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । भारतको लागि कप्तान विराट कोहलीले सर्वाधिक ५७ रन बनाए । यस्तै विकेट किपर रिसब पन्तले ३९ रनको योगदान गरेका थिए । भारतका ओपनर रोहित शर्मा शून्य रनमा आउट भएका थिए ।

टस जितेर फिल्डिङ गरेको पाकिस्तानका लागि शहीद शाह अफ्रिदीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका अफ्रिदीले ३१ रन बनाएका थिए । यस्तै हसन अलीले दुई विकेट हात पारे ।

जितसँगै सुखद् सुरुआत गरेको पाकिस्तानले महत्वपूर्ण २ अंक हासिल गरेको छ । पाकिस्तानले विश्वकप टी–ट्वान्टी क्रिकेटमा भारतलाई हराएको यो पहिलो पटक हो ।

images
प्रकाशित मिति :कार्तिक ८, २०७८ सोमवार - ०७:४३:१२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology