Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मौसमः आज पनि देशका केहि स्थानमा वर्षा हुने

मौसमः आज पनि देशका केहि स्थानमा वर्षा हुने

images

इच्छाकामना न्युज

८, कार्तिक २०७८
मौसमः आज पनि देशका केहि स्थानमा वर्षा हुने
images

चितवन, ८ कार्तिक ।  आज देशभर बिहानैबाट आंशिक बदली छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावाना छ ।

आज देशका धेरै स्थानमा सामान्य वर्षा हुन सक्ने र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति गण्डकी, वाग्मती र प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हिमपात हुनसक्ने बताइएको छ ।

देशभर हिमपात र वर्षा निरन्तर भइरहेकाले सचेत रहन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक ८, २०७८ सोमवार - ०७:४१:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology