धादिङ, ७ कार्तिक । धादिङ जिल्ला क्रीकेट संघले आयोजना गर्ने जिल्ला स्तरीय क्रीकेट प्रतियोगिताको मिति नजिकदै गर्दा बेनिघाट रोराङका दुई क्लवले खेल सामाग्री सहयोग स्वरुप प्राप्त गरेका छन् ।
बेनीघाट रोराङ गाउँपालिकाले हाईवे स्पोट्स क्लव र चरौदी सुधार समाजलाई २ लाख बराबरको क्रीकेट खेल सामाग्री प्रदान गरेको हो । उनीहरुलाई पालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भट्टराईले आज क्लवका अध्यक्षलाई उक्त सामाग्री हस्तान्तरण गरेका छन् ।
धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा यहि मिति २०७८ कार्तिक ११ बाट अन्तर क्लव स्तरिय टि–२० क्रिकेट प्रतियोगिता हुदैछ ।