Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

बाढी पहिरो प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको अभाव 

बाढी पहिरो प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको अभाव 

images

सिआईएन

५, कार्तिक २०७८
बाढी पहिरो प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको अभाव 
images

उषा तामाङ, काठमाण्डौै, ५ कार्तिक । बाढी पहिरो प्रभावित क्षेत्रमा शुद्ध पानीको अभाव भएको छ । जसले गर्दा प्रभावित क्षेत्रमा पानिजन्य रोगको जोखिम समेत बढेको छ । बेमौसमी वर्षाका कारण बाढि र पहिरोको चपेटामा परेका नागरिक पानीजन्य रोगको जोखिममा छन् । झाडापखाला, हैंजा, आउँ, डेङ्गु, मलेरिया, टाइफाइड र छाला सम्बन्धी  रोग पानीका कारण लाग्न सक्छ ।

प्रभावित क्षेत्रमा खाना र ओतको टुङ्गो छैन भने खानेपानीका मुहान पहिरोले बगाएको बझाङको थलरा गाउँपालिकाका प्रभावित धन बहादुर विष्ट  बताउनुहुन्छ । बेमौसमी वर्षापछि आएको बाढी र पहिरोले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको छ । वेपत्ता भएका व्यक्तिको खोज, बगाएका सडक लगाएतका संरचनाको पूर्ननिर्माणमै केन्द्रित हुनुपरेकाले पानीजन्य रोगका विषयमा काम हुन नसकेको पाँचथरको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले बताउनुभयो ।

बाढी र पहिरोका कारण फैलिने दुर्गन्ध र पिउने पानीको श्रोत दुषित भएको अबस्थामा सरुवा रोग फैलिन्छ । नजिकको सरकार स्थानीय तहले पानीको श्रोत निर्मलीकरण गर्न, पानीको स्वच्छतामा ध्यान दिन सके पानीजन्य रोग फैलिनबाट रोक्न सकिने डाक्टर आमोघ बस्न्यातको भनाइ छ ।

सरुवा रोगको सम्वाहक मानिने विभिन्न जिवाणु पानीमा आश्रीत हुने भएकाले आफ्नो घरवरपर पानी जम्न नदिन, सरसफाईमा ध्यान दिन पनि चिकित्सकहरु सुझाउँछन् । ५ देखि १० मिनेटसम्म उमालेर, थिग्राएर घाममा राखेर, पानी शुद्धिकरण गर्ने पियुस लगायतका औषधि प्रयोग गरेर वा अन्य विधिबाट निर्मलीकरण गरेर पानी शुद्ध बनाउन सकिन्छ । 

images
प्रकाशित मिति :कार्तिक ५, २०७८ शुक्रवार - १०:२५:५४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology