गोरखा,४ कात्तिक । चौथो कालिका भलिबल प्रतियोगत २०७८ हुने भएको छ । हरिवोधनी ठुलो एकादशी त्रिवेणी मेलाको अवसरमा भलिबल प्रतियोगिता पनि हुने भएको हो ।
गोरखाको शहिद लखनगाउँपालिका ३ स्थित त्रिवेणी खेलमैदानमा हुने प्रतियोगिताको विजेता टिमले रु. ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । द्धितिय र तृतिय हुने टिमले क्रमश : रु ३० हजार ,२० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैबिच भेट्रान्स भलिबल तर्फ प्रथम हुनेले घोर्ले बोका,द्धितिय हुनेले बोका र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
दर्ता शुल्क भलिबल तर्फ रु.४ हजार र भेट्रान्स भलिबल तर्फ रु २ हजार रहेको छ । प्रतियोगितामा सहभागिता जनाउन २७ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने छ ।
यसैबिच विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि हरिवोधनी एकादशी त्रिवेणी मेलामा विधिध सांकृतिक कार्यक्रम हुने भएका छन् । श्री कालिका युवा क्लब शहिद लखन ३ को आयोजनामा हुने मेला तथा भलिबल प्रतियोगिताको मुख्य प्रायोजक शहिद लखन गाउँपालिका रहेको छ ।
