Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सर्लाहीका सिडिओ र प्रहरीका प्रमुखहरु सार्वजानिक स्थलमै तासमा मस्त, रक्षक नै भक्षक भएपछि नागरिक आश्चर्यमा

सर्लाहीका सिडिओ र प्रहरीका प्रमुखहरु सार्वजानिक स्थलमै तासमा मस्त, रक्षक नै भक्षक भएपछि नागरिक आश्चर्यमा

एसपी गौरब

३, कार्तिक २०७८
सर्लाहीका सिडिओ र प्रहरीका प्रमुखहरु सार्वजानिक स्थलमै तासमा मस्त, रक्षक नै भक्षक भएपछि नागरिक आश्चर्यमा

सर्लाही, ३ कार्तिक  । सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर, शसस्त्र प्रहरी बल नं. १० हे.क्वा गण सर्लाहीका शसस्त्र प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठ लगायत उच्च अधिकारी सार्वजनिक स्थलमै तास खेलिरहेको भिडियो सार्वजनिक भएको छ।

images

जिल्लाको शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनको जिम्मेवारी लिएका प्रमुख जिल्ला अधिकार,प्रहरी प्रमुख प्रहरी उपरिक्षक र शसस्त्र प्रहरी उपरि आफैं तासमा मग्न भएको भीडियो सार्वजनिक भएपछि नागरिकहरु आश्चर्यमा परेका छन् ।

जिल्लामा हुने सामान्य अपराधिक घटनादेखि जघन्य अपराधसम्मका घटना नियन्त्रणमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सक्रियताको अब आफुहरुले के र कसरी र के अपेक्षा गर्ने भन्दै नागरिकहरु अलमलमा परेका छन् ।

प्रमुख जिल्ला अधिकरी महतो, प्रहरी प्रमुख प्रहरी उपरिक्षक राठौर र सशस्त्र प्रहरी उपरिक्षक  श्रेष्ठसहितको टोली आफैं सार्वजनिक स्थलमै तासमा मस्त भएको भिडियो सार्वजनिक भएपछि नेपाल सरकार गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको छ । भिडियोमा उनीहरू पदीय पर्यादा भूलेर सार्वजनिक स्थलमै कुनै शंकोच नमानी तासमा मस्त भएको देखिन्छ ।

एकातर्फ प्रहरीले नै दिनदिनै जुवातास खेल्ने मानिसलाई पक्राउ गर्दै जिल्ला प्रशासन  कार्यालयले मुद्दा चलाउँदै आएको छ । जुवातासमा मुद्दा चलाउने अधिकार जिल्ला प्रशासन  कार्यालयसँग रहेका छ । तर, सर्लाहीका प्रमुख जिल्ला अधिकारी महतो र प्रहरी उपरिक्षक राठौर आफैँ तासमा मस्त भएका छन् ।

जुवातास खेल्नु कानुन विपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार, जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे रु २ सय जरिवाना र दोस्रो पटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था छ । यसलाई बढाएर मुलुकी अपराध संहिता २०७५ ले पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा रु ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा रु ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र रु १० हजार सम्म जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । 

गृह मन्त्रालयका प्रवक्ता सह सचिव फणिन्द्रमनी पोखरेलले सार्वजनिक ठाउँमै तास खेलेको भिडियो सार्वजनिक भएपछि कारबाही हुने बताउनु भयो । ‘कानुन कार्यान्यन गर्ने निकायमा बसेर जुवातास खेल्ने हर्कत कुनै पनि हालतमा क्षम्य हुँदैन । भिडियो छ भने कारबाही हुन्छ । हामी कारबाही गर्छौं,’ सह सचिव पोखरेलले बताउनु भयो ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७८ बुधवार - २१:०४:४४ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology