Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज पनि देशभर निरन्तर वर्षा हुने

आज पनि देशभर निरन्तर वर्षा हुने

इच्छाकामना न्युज

२, कार्तिक २०७८
आज पनि देशभर निरन्तर वर्षा हुने
images

चितवन, २ कार्तिक । देशभर आज पनि निरन्तर वर्षा हुने भएको छ । पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ ।

images
images

मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अधिकांश भू–भागको मौसममा सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ । त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागमा पनि हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ ।

सुदूरपश्चिम र प्रदेश १ का केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने विभागको प्रक्षेपण छ । प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार बुधबार पनि देशभर पानी पर्नेछ । बिहीबारदेखि मौसम सफा रहनेछ । विभागले देशभर वर्षा र हिमपातको सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मौसम विभागकाअनुसार हाल बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । जसका कारण आइतबारदेखि नेपालमा वर्षा भइरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २, २०७८ मंगलवार - ०८:१९:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology