Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तनहुँमा बेवारिसे अवस्थामा नवजात शिशु फेला प¥यो

तनहुँमा बेवारिसे अवस्थामा नवजात शिशु फेला प¥यो

images

इच्छाकामना न्युज

२४, आश्विन २०७८
तनहुँमा बेवारिसे अवस्थामा नवजात शिशु फेला प¥यो
images

दमौली, २४ असोज । तनहुँमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ ।

जिल्लाको म्याग्दे गाउँपालिका १ को गुणादीमा नवजात शिशु फेला परेको तनहुँ प्रहरीले जनाएको छ ।

पृथ्वीराजमार्ग अन्तरर्गतको पुलामी होटल नजिकै झाडीमा बच्चा रोएको आवाज सुनिए पछि स्थानियले हेर्न जाँदा शिशु देखेपछि प्रहरीमा खबर गरिएको एक स्थानियले बताए ।

प्रहरीले नवजात शिशुलाई दमौली अस्पतालमा ल्याएर उपचार थालेको छ । झाडीमा फालिदा बच्चाको शरिरमा चोट लागेको कारण उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।

अबैध सम्वन्धबाट बच्चा पेटमा रहेर जन्मिए पछि फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

पुरुष शिशुको तौल जम्मा १ किलो ६ सय ग्राम रहेको दमौली अस्पतालले जानकारी दिएको छ । नवजात शिशुको तौल कम भएका कारण उपचारमा समस्या हुने दमौली अस्पतालका प्रमुख डा.सुनिल पौड्यालले बताए ।

शिशुलाई जन्माएर झाडीमा फाल्नेको प्रहरीले ब्यापक रुपमा खोजतलास गरेको छ ।

images
प्रकाशित मिति :आश्विन २४, २०७८ आइतवार - १७:२७:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology