Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

इच्छाकामनाको लेवाटारमा पानी लिफ्टिङका लागि प्रयोग गरिएको सोलार चार्ज कन्ट्रोलर मध्यरातमा चोरी

इच्छाकामनाको लेवाटारमा पानी लिफ्टिङका लागि प्रयोग गरिएको सोलार चार्ज कन्ट्रोलर मध्यरातमा चोरी

images

इच्छाकामना न्युज

२३, आश्विन २०७८
इच्छाकामनाको लेवाटारमा पानी लिफ्टिङका लागि प्रयोग गरिएको सोलार चार्ज कन्ट्रोलर मध्यरातमा चोरी
images

कुरिनटार,२३ असोज । चितवनको इच्छाकामना ४ स्थित लेवाटारमा खानेपानी लिफ्टिङका लागि सोलारमा प्रयोग गर्दै आएको सोलार चार्ज कन्ट्रोलर चोरी भएको छ । गएराती चोरी भएको लेवाटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जनाएको छ ।

१ लाख ५० हजार बराबरको सोलार चार्ज कन्ट्रोल चोरी भएको उक्त खानेपानीको उपभोक्ता समेत रहनुभएका स्थानीय शिक्षक भरत थापाले बताउनुभयो ।

उहाँका अनुसार अयोजना मार्फत २०० उपभोक्ताले खाने पानी उपभोग गर्दै आएका छन् । सोलार चार्ज कन्ट्रोलर चोरी भएसगैँ खानेपानी आपुर्तीमा समस्या हुने उहाँले बताउनुभयो । अहिले उक्त चोरी घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । चोरी भएको विहान थाहा पाउन साथ उपभोक्ता समितिले प्रहरीलाई जानकारी गराएका थिए ।

images
प्रकाशित मिति :आश्विन २३, २०७८ शनिवार - २१:४८:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology