Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बाहिरिदै मनसुन, अब ठूलो पानी नपर्ने

बाहिरिदै मनसुन, अब ठूलो पानी नपर्ने

images

इच्छाकामना न्युज

२३, आश्विन २०७८
बाहिरिदै मनसुन, अब ठूलो पानी नपर्ने
images

चितवन, २३ असोज । नेपालको पश्चिमी भू–भागबाट मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी शुक्रबारबाट सुदूरपश्चिम र कर्णालीबाट मनसुन पूर्ण रुपमा बाहिरिएको हो ।

लुम्बिनीका पश्चिमी भुभागबाट पनि बहिर्गमन भएको महाशाखाले जानकारी दिएको छ । केही दिनभित्र पूर्वी नेपालबाट पनि मनसुन बाहिरिएसँगै बर्खा पूर्ण रुपमा सकिनेछ ।

‘नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन,’ महाशाखाले भनेको छ, ‘नेपालमा मनसुनको बहिर्गमनको औसत २ अक्टोबर भए पनि यस वर्षको मनसुन औसत मिति भन्दा केही पछाडी सरेको छ।’

आज बिहान प्रदेश १ र बाँकी पहाडी भू–भागको मौसम आँशिकदेखि सामान्य बदली भएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षा भएको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक÷दुई स्थानमा र बाँकी प्रदेशका थोरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन २३, २०७८ शनिवार - ०८:३४:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology