Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

घटस्थापनाको साईत पारेर मनकामना माईको मन्दिरमा जमरा राखियो

घटस्थापनाको साईत पारेर मनकामना माईको मन्दिरमा जमरा राखियो

images

इच्छाकामना न्युज

२१, आश्विन २०७८
घटस्थापनाको साईत पारेर मनकामना माईको मन्दिरमा जमरा राखियो
images

मनकामना, २१ असोज । गोरखामा रहेको प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिरमा जमरा राखिएको छ । पहिल्यैदेखि मनकामनामा त्यहाँका पुजारीले आफैँ शुभ साईत निकालेर बिहान ८ः३० बजे जमरा राख्ने गर्छन । ‘विधी पुरा गरेर हामीले बिहान ८ः३० बजे जमरा राख्यौँ’ मनकामना मन्दिरका पुजारी इन्सान थापाले भने । त्यसरी राखिएको जमरा प्रसादको रुपमा बिजयादशमीमा लगाईनेछ ।

गोरखा दरबारमा पनि आजै  बिहिवार घटस्थापनाको साईत पारेर ११ बजेर ४६ मिनेटमा जमरा राखिएको छ । ‘बिभिन्न चार ठाउँमा करिब चार पाथी जौ को जमरा राखेका छौँ’ दरवार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले भने ।

गोरखा दरबारमा पनि धार्मिक वीधिपूर्वध बिहान पाँच बजेर ४० मिनेटमा कालिकाको माथिल्लो कोठाबाट मुल पुजा कोठामा भगवतीलाई सारिएको थियो । कालिका भगवतीको मन्दिरमा दुई पाथी चार माना, गोरखनाथ गुफामा एक पाथी बाँकी उपल्लोकोट, तल्लोकोटमा जमरा राखिएको अड्डाका प्रमुख भुषालले बताए ।

‘हर्ष बढाईँ र बजागाजाका साथ जमरा राखिएको छ’ उनले भने ‘यसरी राखिएको जमरा फुलपाती भित्र्याउन हनुमान ढोका लैजाँदा होस् वा यहाँको पुजाआजा होस्, सबैमा प्रयोग हुन्छ ।’ घटस्थापनाको दिनदेखि गोरखा दरबारमा पुजाआजा सुरु भएको छ । हरेक दिन बली दिईन्छ । ‘घटस्थापनाको दिन गोरखकाली र गोरखनाथमा बलि दिईन्छ’ अड्डा प्रमुख भुषालले भने ।

गोरखकाली मन्दिरमा बली सहितको पुजाआज गर्ने भक्तजन दशैँको अवसरमा धेरै हुने गर्छन । अष्टमीको दिन भक्तजनको झनै भिड लाग्छ । कोभिड १९ का कारण बिगत दुई वर्ष दशैँमा भक्तजनका लागि बली खुला गरिएको थिएन । ‘हामीले आन्तरिक बली नियमित दिईरहेका छौँ’ अड्डा प्रमुख भुषालले भने ‘यो वर्ष भक्तजनका लागि पनि खुल्ला छ ।’

दरबार हेरचाह अड्डाले पञ्चमी सम्मको बली ब्यवस्थापन गरेको हुन्छ । फुलपाती सम्म बोकाको बली दिईन्छ भने अन्य समयमा विधी अनुसार बोका, सुँगुर र राँगोको बली पनि चढाईन्छ । ‘बलीको प्रकृती फेरिएको छैन, संख्या मात्रै केही कम भएको हो’ अड्डा प्रमुख भुषालले भने ।

मनकामना मन्दिरमा बोका, राँगा, हाँस, कुखुराको बली चढाईन्छ । दुई वर्षदेखि भक्तजनले बिजया दशमीको अवसरमा बली चढाउन नपाएको यस वर्ष भक्तजनको चाप बढ्न सक्ने मनकामना मन्दिरका पुजारी इन्सान थापा बताउँछन् ।

‘मानिसहरुले आफ्नो भाकल नौरथाको समयमा धेरै गरेका हुन्छन्’ उनले भने ‘त्यसैलेपनि मनकामनामा घटस्थापनाको दिनदेखि चाप बढेको छ, दशैँभरी यस्तो हुन्छ ।’ कोभिडका कारण लामो समयदेखि बन्द रहेको गोरखाको यी दुई धार्मिक स्थल कोभिड संक्रमण केही कम भएपछि एक महिना यता मात्रै संचालनमा आएको हो ।

images
प्रकाशित मिति :आश्विन २१, २०७८ बिहिवार - २०:३५:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology