Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयद्वारा २१ जना पत्रकारलार्य आधारभुत तालिम प्रदान

बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयद्वारा २१ जना पत्रकारलार्य आधारभुत तालिम प्रदान

images

इच्छाकामना न्युज

१८, आश्विन २०७८
बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयद्वारा २१ जना पत्रकारलार्य आधारभुत तालिम प्रदान
images

धुलिखेल, १८ असोज । अन्तरिक मामिला तथा कानुन मन्त्रालय  सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका पत्रकारका लागि काभ्रेको धुलिखेलमा आयोजित आधारभुत पत्रकारिता तालिम सोमबार समापन भएको छ । 

समापन कार्यक्रममा सञ्चार रजिष्टर रेवती प्रसाद सापकोटाले प्रशिक्षार्थीहरु लाई  प्रमाण पत्र दिनुका साथै पत्रकारिता लाई अझ मर्यादित र बौदिक बिकाशका लागि  भविष्यमा यस्तै अरु धेरै  तालिम कार्यक्रम हरु ल्याउने बताउनु भयो ।

तालिममा सिन्धुपाल्चोक, दोलखा, काभ्रे, धादिङ, नुवाकोट, रसुवा, चितवन, सिन्धुली जिल्लाका २१ जना पत्रकार सहभागी थिए । तालिममा प्रशिक्षकका रुपमा कपिल काफलेले समाचारका बारेमा, विनोद ढुंगेलले पत्रकार आचारसंहिता, सञ्चार कानून र अन्तर्वार्ता, बिकास कार्कीले फोटोग्राफी र भिडियोग्राफी, रविराज बरालले अनलाइन पत्रकारिता, गंगा बिसी र नेत्र पन्थीले समाचार कक्षमा हुने समाचार उत्पादन, सम्पादन र प्रकाशन तथा प्रसारण का बारेमा प्रशिक्षण दिनु भएको थियो ।

यहि भदौ २ गते आधारभुत पत्रकारिता तालिम लिन चाहनेहरुका लागि सञ्चार रजिष्ट्रार कार्यालयबाट जारी गरिएको सूचना बमोजिम निवेदन दिएका पत्रकार मध्येबाट छनौट गरिएका पत्रकार सहभागी हुनु भएको थियो ।पत्रकार तालिम प्रदेशसभाकी उपसभामुख राधिका तामाङले  १४ गते उदघाटन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :आश्विन १८, २०७८ सोमवार - २१:२९:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology