धादिङ, १५ असोज । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ मझिमटारमा रहेको शंखादेवी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सुरेश मल्ल चयन भएका छन् । विद्यालयमा आज भएको अभिभावक भेलाबाट ९ नम्बर वडाका वडाध्यक्ष समेत रहेका मल्लको अध्यक्षतामा समिति गठन भएको हो।
समितिको अन्य पदाधिकारीमा सदस्यहरु भूमि बहादुर डल्लाकोटि, हरिमाया शाहि र अनिल रिजाल चयन भएका छन्।

वेनिघाट रोराङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वोधराज पाठकको अध्यक्षतामा भएको अभिभावक भेलामा गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीको प्रमुख आतिथ्यता रहेको थियो भने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।

यस्तै अतिथिहरुमा स्थानीय बुद्धिजीवि, शिक्षाप्रेमीहरुका साथै विद्यालयका करिब २ सय अभिभावकहरुको उपस्थिति रहेको शिक्षक तिलक चेपाङले जानकारी दिनुभयो ।