Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङ गल्छीका साईकल यात्री लक्ष्मण मल्ललाई दार्जलिङमा उपाधि

धादिङ गल्छीका साईकल यात्री लक्ष्मण मल्ललाई दार्जलिङमा उपाधि

इच्छाकामना न्युज

१५, आश्विन २०७८
धादिङ गल्छीका साईकल यात्री लक्ष्मण मल्ललाई दार्जलिङमा उपाधि
images

धादिङ, १५ असोज । भारतको दार्जिलिङमा भएको ‘दार्जिलङ एमटीबी एक्सी रेस २०२१’ २०२१’ (Darjeeling MTB XC Race 2021) प्रतियोगिताको उपाधी धादिङ गल्छीका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा रजत पदक विजेता साइकल यात्री लक्ष्मण मल्लले जितेका छन् ।

images
images

विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरिएकाे थियाे । ग्रीन टी भ्याली इकाे रिसार्ट (Green Tea Valley Eco Resort) बाट शुरु गरिएको साईकलिङ ४१.७१ कि. मि. दुरीमा रहेको टाइगर हिल क्याफे (Tiger Hill Cafe) मा गएर सकिएको थियाे । मल्लले उक्त दुरी २ घण्टा ४४ मिनेट ७ सेकेन्डमा पार गर्दै मल्ल प्रथम भएका हुन् ।

मल्ल पछ्याउदै २ घण्टा ४९ मिनेट ४२ सेकेण्डमा उक्त दुरी पार गरी सुरज राना मगर द्वितीय, ३ घण्टा ३ मिनेट ४६ सेकेन्ड समय लगाएर किरण लिम्बु तृतीय भएका छन् । यस्तै प्रतियोगीतामा चाैंथो देखी दशौं स्थानमा क्रमश मार्क ब्रेट, फुन्शोक स्यान्ङ्वो, घनश्याम राई, आकाश चौधरी, दिशान्त क्षेत्री, तेन्जी लोदेन शेर्पा र ताशी फेन्चोक शेर्पा भए ।

images
प्रकाशित मिति :आश्विन १५, २०७८ शुक्रवार - ०९:१७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology