Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

त्रिभुवन विमानस्थलबाट ७ सय ५० ग्राम सुनसहित सिंगापुर र मलेसियाबाट आएका १५ जना पक्राउ

त्रिभुवन विमानस्थलबाट ७ सय ५० ग्राम सुनसहित सिंगापुर र मलेसियाबाट आएका १५ जना पक्राउ

images

इच्छाकामना न्युज

१२, आश्विन २०७८
त्रिभुवन विमानस्थलबाट ७ सय ५० ग्राम सुनसहित सिंगापुर र मलेसियाबाट आएका १५ जना पक्राउ
images

काठमाण्डौ,१२ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७५० ग्राम सुनसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिंगापुर र मलेसियाबाट आएका १५ जना यात्रुबाट सो परिणामको सुन बरामद गरेको हो ।

प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट १४ थान सुनको बाला र १ थान सिक्री बरामद गरेको छ । भरियाको रुपमा अर्कै व्यक्तिको सुन ल्याइदिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

मलेसियाबाट काठमाडौँ आएका यात्रुहरुलाई सुन बोकाइ भन्सार छली गर्न लागेको सूचनाका आधारमा प्रहरीले शंकास्पद यात्रुमाथि निगरानी गरेको थियो । त्रिवि सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले विमानस्थलको विभिन्न स्थानबाट आइतबार शंकास्पद १५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुले उक्त सुन आफ्नो नभएको बयान प्रहरीलाई दिएका छन् । प्रहरीसँगको बयानमा उनीहरुले मलेसिया र सिंगापुरबाट नाम नखुलेका व्यक्तिले उक्त सुन काठमाडौँसम्म पुर्याइदिन भनेको र सोहीअनुसार आफूहरुले काम गरेका बताएका छन् ।

विमानस्थलमा सम्बन्धित व्यक्ति बुझ्न आउने भनेपछि आफूहरुले सुन ल्याइदिन तयार रहेको उनीहरुको भनाइ छ । मलेसिया र सिंगापुरमा सुन दिन व्यक्तिहरु आफूहरुले नचिनेको समेत उनीहरुले दाबी गरेका छन् ।

सुनसहित पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १२, २०७८ मंगलवार - २०:३१:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology