Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

उत्तरी गोरखा चुम्चेतको लागि १४४ बोरा चामल ढुवानी

उत्तरी गोरखा चुम्चेतको लागि १४४ बोरा चामल ढुवानी

images

इच्छाकामना न्युज

१२, आश्विन २०७८
उत्तरी गोरखा चुम्चेतको लागि १४४ बोरा चामल ढुवानी
images

गोरखा, १२ असोज । उत्तरी गोरखा चुम्चेतको लागि १४४ बोरा चामल हेली मार्फत ढुवानी गरिएको छ ।
लामो समयदेखि चामल लगायतका खाद्यान्न अभाव झेलिरहेको चुम्चेतका लागि १सय ४४ बोरा चामल पुर्‍याइएको हो । गृहमन्त्रालयको विपत व्यवस्थापन महाशाखाले नेपाली सेनाको हेलिकोप्टरको व्यवस्था गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबार ३४ क्वीण्टल चामल चुम्चेत पुर्‍याएको हो ।
२७० घरधुरी रहेको चुम्चेतका लागि १४४ बोरा मात्र चामल पुर्‍याइएको हो ।
खाद्यान्नको चरम अभाव रहेको छेकम्पारका करिब तीनसय घरधुरीका बासिन्दालाई भने अझै पनि चामल ढुवानी गरिएको छैन । मौसम प्रतिकुल रहेकोले छेकम्पारका लागि ढुवानी कार्यक्रम स्थगित गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शिव सुनारले जानकारी दिए ।

चुम्चेत पुगेको सो चामल स्थानीयबासीले प्रति बोरा एकहजार पाँचसय रुपैयाँ तिरेर किन्न पाउने व्यबस्था छ ।
हालका लागि चुम्चेतलाई दुई खेप र छेकम्पारका लागि तीन खेप चामल ढुवानी गर्न लागिएको हो । सो चामल प्रतिघर एकेक बोरा पनि चामल नपुग्ने भएको छ । लामो प्रतिक्षापछि पाएको चामल प्रत्येक घरले एकेक बोरा पनि नपाउने भएपछि स्थानीयबासी भने खुशी छैनन् ।

images
प्रकाशित मिति :आश्विन १२, २०७८ मंगलवार - २०:२६:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology