देवघाट, १२ असोज । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ४ लाई सुरक्षित खानेपानी घोषण गरेको छ। गाइघाट बेलडाडा खानेपानी तथा सरसफाइ उपभोक्त समिति देवघाटको आयोजनामा सोमबार गाइघाट बेलडाडा टोल बिकास संस्थाको भवनमा भएको कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापा लगाएत अतिथिहरुले एक साथ शुद्ध पानी पिएर कार्यक्रमको समुदघाटन गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले देवघाट ४ नम्बर वडालाई सुरक्षित खानेपानी घोषण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउदै युनिसेफ नेपाललाई धन्यवाद दिएको थियो, साथै अध्यक्ष थापाले देवघाट गाउँपलिकाको बिकास निरन्तर अगाडी बढेको बताउदै बिकासको निम्ति हरेक संघ संस्थाहरु संघ समन्वय गर्ने उनले बताए।

सो कार्यक्रमका बिशिस्ट अतिथि युनिसेफका सुर्य थापाले कार्यक्रमलाई सम्बोधन गर्दै शुद्ध खानेपानी घोषणा भएपनि निरन्तर सरसफाइ र खाने पानीको परिक्षण बेला–बेला गरिरहनुपर्ने बताए। साथै उनले केन्द्र, प्रदेश र स्थानीय तहहरुमा युनिसेफले हरेक योजना कार्यक्रमहरुको समन्वय गरि अगाडी बढीको बताए।
कार्यक्रममा विशेष अतिथि देवघाट गाउँपलिका प्रवक्ता एवम् ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ, देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङ, देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ, देवघाट गाउँपालिका नेपाली काङ्ग्रेस पुर्व सभापति प्रेम बहादुर गुरुङ, नेपाली काङ्ग्रेस देवघाटका ४ नम्बर वडा सभापति नर बहादुर गुरुङ, गाइघाट वेलडाडा टोल बिकास अध्यक्ष प्रेम बहादुर गुरुङ,नेकपा माओवादी केन्द्र वाई सि एलका अध्यक्ष योगेन्द्र गुरुङ, देवघाट ४ नम्बर नेकपाका अध्यक्ष राम बहादुर गुरुङलगाएतले शुभकामना मन्तव्य राखेको थियो।
सो कार्यक्रमम देवघाट गाउँलालिका कार्यपालिका सदस्य अनिता गुरुङ, देवघाट ४ नम्बर वडा सदस्य पशुपति तिवारी लगाएतको उपस्थिति रहेको थियो।साथै देवघाट गाउँपलिका कार्यक्रम अधिकृत कृष्ण पन्तले कार्यक्रम सञ्चालन गरेको थियो भने गाइघाट बेलडाडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका दिल बहादुर भुजेलको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।