Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गोरखा घ्याल्चोकका मनोज रोक्का गाँजा सहित मझुवा पोखराबाट पक्राउ

गोरखा घ्याल्चोकका मनोज रोक्का गाँजा सहित मझुवा पोखराबाट पक्राउ

images

इच्छाकामना न्युज

११, आश्विन २०७८
गोरखा घ्याल्चोकका मनोज रोक्का गाँजा सहित मझुवा पोखराबाट पक्राउ
images

गोरखा, ११ असार । पोखराको मझुवा भन्ने स्थानबाट गोरखा घ्याल्चोकका १ जना यूवकलाई गाँजा सहित पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका ३२ मझुवाबाट १ किलो ५०० ग्राम अवैध लागूऔषध गाँजा सहित गण्डकी गाउँपालिका ७ घ्यालचोक बस्ने २६ वर्षीय मनोज रोक्कालाई प्रहरीको टोलीले पक्राउ गरेको हो ।

काठमाण्डौंबाट पोखरातर्फ जादै गरेको ग.२ ख १२९ नम्बरको सवारीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले चेक जाँच गर्ने क्रममा रोक्काको साथबाट उक्त परिमाणको गाँजा फेला परे पछि पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेको रोक्कालाई लागु औषध मुद्वा दर्ता गरी थप अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ११, २०७८ सोमवार - १९:२७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology