Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आँबुखैरेनीको पहिलो फुटसल संचालनमा

आँबुखैरेनीको पहिलो फुटसल संचालनमा

images

इच्छाकामना न्युज

१०, आश्विन २०७८
आँबुखैरेनीको पहिलो फुटसल संचालनमा
images

आँबुखैरेनी, १० असोज । तनहुँको आँबुखैरेनीमा पहिलो फुटसल सञ्चालनमा आएको छ । सोही ठाउँ निवासी दुई युवाको लगानीमा आँबखैरेनी गाउँपालिका(३ पाउरोटी भण्डार हमालचोकमा आँबुखैरेनी फुटसल फुटसल सञ्चालनमा आएको हो ।

प्रताप कार्की र प्रविन रानाले ८० लाखको लागतमा फुटसल सञ्चालन गरेका हुन् । जग्गा लिजमा लिएर एक वर्षको अवधिमा संरचना तयार गरी फुटसल शुरु गरिएको सञ्चालक प्रताप कार्कीले जानकारी दिए ।

आँबुखैरेनीमा खेलमैदानको अभाव भएको र फुटबलप्रति आकर्षण बढेका कारण फुटसल मैदान तयार गरिएको कार्कीले बताए । “बजार बाक्लिदै जाँदा मैदान अभाव छ, फुटबलप्रति युवाहरुको आकर्षण बढ्दो छ, स्वास्थ्यलाई समेत ध्यानमा राखी फुटसल शुरु गरेका हौ,” उनले भने । अहिलेका युवाहरु नेपालमा भन्दा वैदेशिक रोजगारीका लागि विदेशिने प्रचलन रहेपनि आफूहरु भने नेपालमै केही गरौं भन्ने सोच सहित फुटसल शुरु गरिएको उनको भनाई छ ।

फुटसलमा पाँच ए साइड खेल खेल्न मिल्नेछ । त्यसमा दुई टिम गरी दश जना खेल्न मिल्छ । त्यसका लागि बिहान १० बजेसम्म एक खेलको एक हजार पाँच सय, दिउँसो ४ बजेसम्म एक हजार र ४ बजेपछि एक हजार पाँच सय शुल्क तोकिएको छ ।

नेपाली काङ्ग्रेस आँबुखैरेनी गाउँ समितिका सचिव दिनेश केसीले फुटसलप्रति युवाहरुको आकर्षण बढेको बताए । “फुटसल खेल्नका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि आवश्यक छ,” उनले भने, “यस क्षेत्रमा फुटसल एकदमै आवश्यक थियो ।”

फुटसल भनेको ुमिनीु फुटबल हो । यसको मैदान ४० मिटर लामो र २० मिटर चौडा हुन्छ । नियम सबै फुटबलसँग मिल्दाजुल्दा देखिए पनि केही फरक छन् । फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेंलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन् । यसमा ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ । गोलरक्षकलाई ब्याक पास दिन पाइँदैन । बल नियन्त्रणमा लिएपछि गोलरक्षकले पाँच सेकेण्डभन्दा बढी समय बल ुहोल्डु गर्न पाउँदैन । खेलाडीले रातो कार्ड पाएको दुई मिनेटपछि अर्को खेलाडी मैदान प्रवेश गर्न पाउँछ ।

यो खेल सन् १९३० मा उरुग्वेका जुहान कार्लोस सेरियानीले शुरु गरेको इतिहास छ । उरुग्वेको स्थानीय भाषामा यसलाई ‘फुटोबल डे सालोनाु भनिन्थ्यो । फुटबलको नियमलाई आधार मानेर सेरियानीले फुटसलको नियम समेटेर नियम पुस्तिका प्रकाशन गरे । सन् १९३० को पहिलो फुटबल विश्वकप जितेपछि उरुग्वेमा फुटसल खेल्न थालिएको हो ।

images
प्रकाशित मिति :आश्विन १०, २०७८ आइतवार - २२:०२:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology