Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

बैतडीमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु 

बैतडीमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु 

images

इच्छाकामना न्युज

२८, कार्तिक २०७७
बैतडीमा भएको बस दुर्घटनामा ९ जनाको मृत्यु 
images

बैतडी, २८ कार्तिक । गएराति बैतडीमा भएको बस दुर्घटनामा घाइते ८ जनालाई थप उपचारको लागि धनगढी रेफर गरिएको छ । डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको पाटन नगरपालिका ८ खोड्पे बजार नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा ९ जनाको मृत्यु भएको प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । ८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । 
दशरथचन्द राजमार्गमा भएको दुर्घटनामा चालकसहित अन्य ३४ जना घाइते भएका छन् ।बस सडकबाट करिव ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृत्यु हुने दुई जनाको मात्रै सनाखत भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका  ८ की १५ वर्षीया किर्तीका कार्की र बैतडीको दोगाडाकेदार गाउँपालिका ६ का रण बहादुर चन्दको सनाखत भएको प्रहरी प्रम्ुख प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । 
दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - ०९:४२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology