Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सर्लाहीमा शिक्षकद्वारा आफ्नै विद्यार्थीलाई पटक पटक जवरजस्ती करणी उद्योग गरेको आरोप

सर्लाहीमा शिक्षकद्वारा आफ्नै विद्यार्थीलाई पटक पटक जवरजस्ती करणी उद्योग गरेको आरोप

इच्छाकामना न्युज

८, आश्विन २०७८
सर्लाहीमा शिक्षकद्वारा आफ्नै विद्यार्थीलाई पटक पटक जवरजस्ती करणी उद्योग गरेको आरोप

सर्लाही, ८ असोज । सर्लाहीको इश्वरपुर नगरपालिका १२ को कालिन्जोर बोर्डिङ्ग स्कुलमा अध्यायनरत १४/१५ वर्षिय विद्यार्थी माथी एक शिक्षकले पटक पटक जवरजस्ती करणी उद्योग गरेको आरोप लागेको छ । 

images

झापा घर बताउने (भुटानी शरणार्थी) हिमाल शर्माले आफ्नी साथीलाई जवरजस्ती करणी उद्योग गरेको देखेपछि संगै पढ्ने विद्यार्थी (साथी)हरुले स्थानियलाई खबर गरेका थिए । त्यस पश्चाप स्कुलका प्रधानाध्यापक उज्जवल बरालले ती बालीकाको घरमा बुबाआमा नभएको समयमा स्थानियलाई बोलाएर सामान्य छलफल गरी एक पटकलाई भनी छाडि दिएका स्थानियले बताएका छन् ।

उनिसंगै पढ्ने ४/५ जना विद्यार्थी (साथी)हरुका अनुसार स्कुल बसमा पनि एउटै आइसक्रिम पालैपालो चुसेका र अन्यन्त्र पनि आपतीजनक अवस्थामा फेला परेका बताएका छन् । यता शिक्षक शर्माले पनि आफुसंगै बसेर आईसक्रिम खाएको स्विकार गरेका छन् । तर उनले आफुले कुनै पनि अनैतिक क्रियाकलाप नगरेको बताएका छन् ।

कक्षा ७ मा पढ्ने बालीका नाम परिवर्तन कबिता करीब १४÷१५ वर्षिय रहेकी छन् । उनिमाथी अनैतिक व्यावहार भएको आफुहरुलाई थाहा भएपछि आफुहरुले शिक्षक शर्मा र सो विद्यालयका प्राधानाध्यापक बराललाई पनि बोलाएर छलफल गरेको र प्रधानाध्यापक बरालले एक पटकलाई छाडिदिन आग्रह गरेपछि आफुहरुले छाडि दिएको एक स्थानियले बताएका छन् ।

साथै प्रधानाध्यापक बरालले ती शिक्षकलाई दशैँ सम्म राखेर निकाली दिने बताएपछि स्थानिय फर्किएका पाइएको छ । तर पत्रकारहरु शिक्षक हिमाल र ती बालकिा तथा उनका आफ्न्तलाई भेट्न जाँदा विद्यालयका प्रधानाध्यापक बरालले भेट्न नमिल्ने भन्दै भेट्न दिएनन् । ती बालीकाका कक्षाका साथीहरुका अनुसार शिक्षक शर्माले पटक पटक उनिमाथी जवरजस्ती करणी उद्योग गरेको बताएका छन् ।

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - २१:४०:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology