गोरखा निभारे गाउँका गोर्खाली कलाकार पृथ्वी गुरुङ र अनु गुरुङको प्रस्तुतीमा नयाँ पञ्चेबाजा गीत ‘हिक्क हिक्क...’ सार्वजनिक हुने भएको छ। यहि मंसिर १ गते अर्थात भाईटिकाको शुभसाईत पारेर सार्वजनिक हुन लागेको हो।
विशेष गरेर सालैजो, चुड्का लगायत मौलिक लोकगीत गाउदै आएका कलाकार पृथ्वी गुरुङले पञ्चेबाजामा गाएको यो पहिलो गीत हो। गीतमा स्वर पृथ्वी गुरुङ र अनु गुरुङको छ भने शब्द र संगीत प्रसाद खप्ताडी मगरको रहेको छ।
अन्य गीतले जस्तै यो गीतले पनि दर्शक श्रोताको मन जित्नेमा आफु ढुक्क रहेको कलाकार पृथ्वी गुरुङ बताउछन्।