Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मलेसियले अब नेपाली श्रमिक लैजाने

मलेसियले अब नेपाली श्रमिक लैजाने

images

इच्छाकामना न्युज

७, आश्विन २०७८
मलेसियले  अब नेपाली श्रमिक  लैजाने
images

काठमाण्डौ, ७ असोज । लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी नेपाली श्रमिकका लागि खुलेको छ  ।

कोरोना महामारीको कारण लगाएको प्रतिबन्ध हटाउँदै मलेसियाले नेपाली श्रमिक लैजाने काठमाण्डौमा रहेको मलेसियन दूतावासले जनाएको छ । लामो समयदेखि कोरोनाको कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाएको मलेसियाले श्रमिकको अभाव भएको भन्दै केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् । 

कोरोना सङ्क्रमण फैलन नदिन मलेसिया प्रवेशका लागि विभिन्न प्रावधान भने लागू हुनेछ । मलेसिया जाने श्रमिकले पहिले नै त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्छ । 

मलेसिया जाने श्रमिकसँग मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको खोपको दुवै मात्रा लगाएको हुनुपर्ने छ । यस्तै कोरोनाको परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्छ । 

मलेसिया पुगेपछि पनि त्यहाँको स्वास्थ्यका मापदण्ड पालना गर्दै क्वरेण्टीनमा बस्न पर्नेछ । 

 

images
प्रकाशित मिति :आश्विन ७, २०७८ बिहिवार - १२:३३:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology