Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनको रत्नगनगरका कर्मचारीद्वारा सरकारी गाडीको चरम दुरुपयोग

चितवनको रत्नगनगरका कर्मचारीद्वारा सरकारी गाडीको चरम दुरुपयोग

मध्यरातमा सरकारी गाडीमा रक्सी खाँदै गाउँमा हल्ला गर्दै हिँडेपछि...

इच्छाकामना न्युज

६, आश्विन २०७८
चितवनको रत्नगनगरका कर्मचारीद्वारा सरकारी गाडीको चरम दुरुपयोग

हिरालाल आचार्य ‘डायमण्ड’, चितवन, ६ असोज  । चितवनको रत्ननगर नगरपालिकामा सरकारी गाडीको चरम दुरुपयोग भएको पाइएको छ । रत्नगनगरका कर्मचारीले कार्यालयको सवारीसाधनमा रक्सी खाँदै मध्यरातमा होहल्ला गर्दै हिँडेको पाइएको हो ।

images

रक्सीले मातेर होहल्ला गरेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । बा २ झ १२१७ नम्बरको गाडीमा रक्सीका बोतलसहित उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

रक्सीले मातिनेहरुमा दुई जना थिए । उनीहरु मध्ये एक नगर प्रहरी र एक सवारी चालक रहेको बताइएको छ । घटनाका सम्बन्धमा नगरपालिकाका प्रमुख (मेयर) नारायण वनले बचाउ गर्दै नगरपालिकाकै काममा जाँदा उनीहरुलाई केही अराजक तत्वले अवरोध गरेको दाबी गरे । उनले नगरपालिकाका वडा नम्बर १४ र १६ मा अवैध ढुङ्गा उत्खनन् रोक्न परिचालन भएका कर्मचारीलाई अवरोध गरिएको बताए ।

उनले घटनाका सम्बन्धमा कर्मचारीलाई स्पष्टिकरण सोधिएको र दोषी देखिए कारबाही गर्ने बताए । कर्मचारीले आफूहरुलाई जबरजस्ती रक्सी खुवाएको र रक्सीका बोतल गाडीमा हालेको आफूहरुलाई बताएको मेयर वनले जनाए ।

images
प्रकाशित मिति :आश्विन ६, २०७८ बुधवार - १९:५३:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology