सर्लाही, ५ असोज । जिल्लाको मलंगवा नगरपालिका ७ मुसौलीयामा रहेको बडकी पोखरीमा आन्तरीक तथा धार्मीक पर्यटकहरु बढाउन स्तरोन्नति काम सुरु भएको छ ।
प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वस्च्छता अभियान अन्र्तगत मलंगवा नगरपालिका ७ मा रहेको करिब १२ विगा क्षेत्रफलमा फैलिएको पोखरीलाई व्यावस्थापन र स्तरोन्नति गर्दैै आन्तरीक तथा धार्मीक पर्यटकहरु बढाउन स्तरोन्नतिको काम सुरु भएको मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहले बताउनु भयो । उहाँका अनुसार प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वस्च्छता अभियान अन्र्तगत सो पोखरीलाई रु ६ करोड १२ लाख ९३ हजार रकम स्तरोन्नति गर्ने कार्यका लागि व्यावस्था गरेको छ ।
मलंगवा नगरपालिका ७ को वौधिमाई माविको भोगचलमा रहेको पोखरीमा वरीपरी छठघाट बनाउने,सौन्दर्यकरण गर्ने, पोखरीको वरीपरी कम्पाउण्डवाल लगाउने र पोखरीको माथी वरीपरी बाटो निर्माण गर्ने गरी आरजे कमल (जेभि) जनकपुरले रु ६ करोड १२ लाख ९३ हजार रकममा ठेक्का सकारेको हो । विद्यालयको पोखरी रहेको र विद्यालयले नै ठेक्का लगाई रहेको समयमा प्रदेश सरकारले ठेक्का लागेका कारण सम्झौता भएकै मितिमा काम शुरु हुन नसकेपनि पोखरीको माछा र पानी विद्यालयले हटाएपछि काम शुरु गरिएको निर्माण कम्पनीका सञ्चालक खुसीलाल ठाकुरले बताउनु भयो ।
केही स्थानियले आफ्नो व्यक्तीगत स्वार्थ पुरा नहुँदा आफ्नो काममा समस्या सृजना गरेका थिए । तर स्थानिय जनप्रतिनिधिहरु र गाउँका भद्रभलाद्मीहरु विच छलफल भएपछि केही समयदेखि पोखरीको स्तरोन्नतिको काम रोकिएको उहाँले बताउनु भयो ।
उहाँका अनुसार ठेक्का लाग्ने वितिकै आफुले काम गर्न शुरु गरेको भएपनि केही स्थानिय मानिसहरु र केही भद्रभलाद्मीहरुले काम गर्न समस्या सृजना गरीदिएका कारण आफुले समस्या समाधान नभएसम्म काम नगर्ने भनि काम रोकेको र अहिले मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहको रोहबरमा छलफल भएपछि काम शुरु गर्ने सहमती भएको ठेकेदार कम्पनीले जनाएको छ ।
अबको २ महिना भत्रमा निर्माण कार्य सक्नेगरी काम शुरु गरिएको ठेकेदार कम्पनीले जनाएको छ ।