Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सर्लाहीको मुसौलीयामा रहेको धार्मीक पर्यटकीयस्थल बडकी पोखरीको स्तरोन्नति सुरु

सर्लाहीको मुसौलीयामा रहेको धार्मीक पर्यटकीयस्थल बडकी पोखरीको स्तरोन्नति सुरु

images

एसपी गौरब

५, आश्विन २०७८
सर्लाहीको मुसौलीयामा रहेको धार्मीक पर्यटकीयस्थल बडकी पोखरीको स्तरोन्नति सुरु
images


सर्लाही, ५ असोज । जिल्लाको मलंगवा नगरपालिका ७ मुसौलीयामा रहेको बडकी पोखरीमा आन्तरीक तथा धार्मीक पर्यटकहरु बढाउन स्तरोन्नति काम सुरु भएको छ । 

प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको  स्वस्च्छता अभियान अन्र्तगत मलंगवा नगरपालिका ७ मा रहेको करिब १२ विगा क्षेत्रफलमा फैलिएको पोखरीलाई व्यावस्थापन र स्तरोन्नति गर्दैै आन्तरीक तथा धार्मीक पर्यटकहरु बढाउन स्तरोन्नतिको काम सुरु भएको मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहले बताउनु भयो । उहाँका अनुसार प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले  स्वस्च्छता अभियान अन्र्तगत सो पोखरीलाई रु ६ करोड १२ लाख ९३ हजार रकम स्तरोन्नति गर्ने कार्यका लागि व्यावस्था गरेको छ ।

मलंगवा नगरपालिका ७ को वौधिमाई माविको भोगचलमा रहेको पोखरीमा वरीपरी छठघाट बनाउने,सौन्दर्यकरण गर्ने, पोखरीको वरीपरी  कम्पाउण्डवाल लगाउने र पोखरीको माथी वरीपरी बाटो निर्माण गर्ने गरी आरजे कमल (जेभि) जनकपुरले रु ६ करोड १२ लाख ९३ हजार रकममा ठेक्का सकारेको हो । विद्यालयको पोखरी रहेको र विद्यालयले नै ठेक्का लगाई रहेको समयमा प्रदेश सरकारले ठेक्का लागेका कारण सम्झौता भएकै मितिमा काम शुरु हुन नसकेपनि पोखरीको माछा र पानी विद्यालयले हटाएपछि काम शुरु गरिएको निर्माण कम्पनीका सञ्चालक खुसीलाल ठाकुरले बताउनु भयो ।

केही स्थानियले आफ्नो व्यक्तीगत स्वार्थ पुरा नहुँदा आफ्नो काममा समस्या सृजना गरेका थिए । तर स्थानिय जनप्रतिनिधिहरु र गाउँका भद्रभलाद्मीहरु विच छलफल भएपछि केही समयदेखि पोखरीको स्तरोन्नतिको काम रोकिएको उहाँले बताउनु भयो । 

उहाँका अनुसार ठेक्का लाग्ने वितिकै आफुले काम गर्न शुरु गरेको भएपनि केही स्थानिय मानिसहरु र केही भद्रभलाद्मीहरुले काम गर्न समस्या सृजना गरीदिएका कारण आफुले  समस्या समाधान नभएसम्म काम नगर्ने भनि काम रोकेको र अहिले मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहको रोहबरमा छलफल भएपछि काम शुरु गर्ने सहमती भएको ठेकेदार कम्पनीले जनाएको छ ।

अबको २ महिना भत्रमा निर्माण कार्य सक्नेगरी काम शुरु गरिएको ठेकेदार कम्पनीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - २०:४५:५४ बजे

एसपी गौरब

लेखक/पत्रकार शंखर पहाडी (गौरब) राष्ट्रिय समाचार समिति (रासस) सर्लाहीका जिल्ला समाचारदाता हुन भने कमलामाई मिडिया प्रालीका अध्यक्ष, सञ्चालक एवम प्रवन्ध निर्देशक हुन ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology