Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

नेविसंघकी नेतृ प्रनिशा गुरुङद्वारा नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सचिवमा उम्मेदवारी घोषणा

नेविसंघकी नेतृ प्रनिशा गुरुङद्वारा नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सचिवमा उम्मेदवारी घोषणा

images

इच्छाकामना न्युज

४, आश्विन २०७८
नेविसंघकी नेतृ प्रनिशा गुरुङद्वारा नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सचिवमा उम्मेदवारी घोषणा
images

चितवन, ३ आश्विन । नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सचिवमा बिद्यार्थी नेतृ प्रनिशा गुरुङले उम्मेदवारी घोषणा गरेकी छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भरतपुर महानगरपालिकाको सचिवमा युवा नेतृ प्रनिशा गुरुङले उम्मेदवारी घोषणा गरेकी हुन् ।

नेविसंघ मैयादेवी कन्या कलेज भरतपुरमा लामो समयदेखि राजनीति गर्दै आएकी गुरुङले पार्टीको सचिव पदका लागि उम्मेदवारी घोषणा गरेकी हुन्।  
मैयादेवी कन्या कलेज भरतपुरकी इकाई सभापति समेत रहेकी भरतपुर ८ निवासी गुरुङ चितवनमा लोकप्रिय छिन्। नेपाली काँग्रेस र नेविसंघका बिभिन्न आन्दोलनमा सक्रिय भूमिका खेलेकी गुरुङ लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह सचिव समेत हुन् ।

उनले महाधिवेशनबाट निर्वाचित गर्नेमा विश्वस्त रहेको बताउछीन् । साथै आफु निर्वाचित भए पार्टीलाई अझै बलियो बनाउदै लैजाने गुरुङको भनाई छ । 

images
प्रकाशित मिति :आश्विन ४, २०७८ सोमवार - ०९:०७:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology