Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

क्रिकेटर सन्दिप लामिछाने एकदिवसीय वरियतामा

क्रिकेटर सन्दिप लामिछाने एकदिवसीय वरियतामा

images

इच्छाकामना न्युज

३१, भाद्र २०७८
क्रिकेटर सन्दिप लामिछाने एकदिवसीय वरियतामा
images

काठमाण्डौै, ३१ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा समावेश हुनुभएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा सन्दीप बलरतर्फ ९१ औं स्थानमा रहनुभएको छ  ।

सन्दीप एकदिवसीयतर्फको वरीयतामा शीर्ष १०० भित्र समावेश हुने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । सन्दीपले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध पहिलोएकदिवसीय क्रिकेट खेल्नुभएको थियो ।

त्यसयता सन्दिपले नेपालले खेलेको सबै १४ खेल खेल्नुभएको छ भने, सन्दीपले नेपालबाट एकदिवसीयमा  सर्वाधिक ३५ विकेट लिनुभएको छ । सन्दीप टी–२० अन्तर्राष्ट्रिय वरीयतामा बलिङतर्फ भने ८१औं स्थानमा रहनुभएको छ ।

images
प्रकाशित मिति :भाद्र ३१, २०७८ बिहिवार - ०९:५३:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology