भारतमा सन् २०१९ को तुलनामा २०२० मा अपराधका घटनाहरु बढेको पाइएको छ। राष्ट्रिय आपराधिक ब्युरोका अनुसार भारतमा २८ प्रतिशतले अपराधका घटना बढेको पाइएको हो ।
सन् २०१९ मा अपराधको दर ३ सय ८५ दशमलव ५ प्रति लाख थियो भने सन् २०२० मा बढेर ४ सय ८७ दशमलव ८ प्रति लाख पुगेको भारतीय संचार माध्यमले जनाएका छन् ।
कोरोना रोकथामका लागि भएको लकडाउनका कारण महिला, बालबालिका र ज्येष्ठ नागरिक विरुद्ध अपराधका घटनाहरु भएको खबरमा उल्लेख छ ।