Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज विश्व ओजोन तह बचाउ दिवस, पृथ्वीको आयु घट्दै गएकोमा विज्ञको चिन्त्ता 

आज विश्व ओजोन तह बचाउ दिवस, पृथ्वीको आयु घट्दै गएकोमा विज्ञको चिन्त्ता 

images

इच्छाकामना न्युज

३१, भाद्र २०७८
आज विश्व ओजोन तह बचाउ दिवस, पृथ्वीको आयु घट्दै गएकोमा विज्ञको चिन्त्ता 
images

काठमाण्डौ, ३१ भदौ । आज विश्व ओजोन तह बचाउ दिवस, खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राख भन्ने नाराका साथ मनाइँदै छ । पृथ्वीमा कार्बनडाइ अक्साइड धेरै हुँदा तापक्रम पनि बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । सन् १९८० को दशकयता विश्वमा ५० डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएका दिनहरुको संख्या दोब्बर भएको पाइएको छ ।

यस्तै अत्यधिक तापक्रम मापन हुने क्षेत्रहरु पनि बढेका छन् । यसले मानिससँगै पारिस्थितिक प्रणालीमा असर गरेको छ । ६ लाख वर्षयता पृथ्वीमा कार्बनडाइअक्साइडको मात्रा निरन्तर बढ्दा पृथ्वीकै आयु घट्दै गएको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् ।

जापान, अमेरिका, भारत, रुस, ब्राजिल लगायत विकसित देशले ९५ प्रतिशत कार्बन उत्सर्जन गर्दछन् । ठूलाठूला उद्योग कलकारखानाबाट निस्किएको कार्बनको असर नेपाल जस्ता विकासशील देशहरुले पनि बराबरी भोग्नु परेको छ ।

वनजङ्गल, सिमसार क्षेत्र र नदीनाला संरक्षण नै कार्बन उत्सर्जन घटाउने मुख्य उपाय हो । विश्वभरि उत्सर्जन हुने कुल कार्बनमध्ये नेपालले शून्य दशमलव २७ प्रतिशत मात्र उत्सर्जन गर्छ । 

images
प्रकाशित मिति :भाद्र ३१, २०७८ बिहिवार - ०९:३६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology