काठमाण्डौ, २६ कार्तिक । भाईटिकाको भोलिपल्ट अर्थात मंसिर २ गते मंगलबार पनि सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै भाईटिकाको भोलिपल्ट अर्थात मंसिर २ गते सार्वजनिक बिदा घोषणा गरेको हो।
गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार गत २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार देशका सबै सरकारी तथा सार्वजनिक निकाय, शिक्षण संस्था लगायतमा बिदा दिने निर्णय भएको उल्लेख छ ।