Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गण्डकी प्रदेश आमसञ्चार विधेयकमा उल्लेखित सजाय र पुनरावेदन बुँदा प्रति आपत्ति जनाउदै तनहुँमा पत्रकारहरुले विधेयकको प्रतिलिपि जलायो

गण्डकी प्रदेश आमसञ्चार विधेयकमा उल्लेखित सजाय र पुनरावेदन बुँदा प्रति आपत्ति जनाउदै तनहुँमा पत्रकारहरुले विधेयकको प्रतिलिपि जलायो

images

इच्छाकामना न्युज

३०, भाद्र २०७८
गण्डकी प्रदेश आमसञ्चार विधेयकमा उल्लेखित सजाय र पुनरावेदन बुँदा प्रति आपत्ति जनाउदै तनहुँमा पत्रकारहरुले विधेयकको प्रतिलिपि जलायो
images

तनहुँ, ३० भदौ । गण्डकी प्रदेश सभाको विद्यायन समितिमा पेश भएको आम सञ्चार विधेयक प्रति प्रेस चौतारी नेपाल तनहुँको गम्भिर ध्यानाकर्षण भएको छ । प्रेस चौतारी नेपाल तनहुँको अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको विरोध कार्यक्रममा गण्डकी प्रदेश सरकारद्धारा आम सन्न्चार विधेयकमा उल्लेखित सजाय र पुनरावेदन प्रति गम्भिर आपत्ती प्रकट गर्दे विधेयकको प्रतिलिपि जलाएको हो । 

मुलुकको मुल कानुन र संविधानसंग बाँझिने गरी केही प्रावधान गम्भिर खालका समावेश गरिएका छन् । आमसञ्चार विधेयकको परिच्छेद १० को सजाय र पुनरावेदन सम्बन्धी प्राव्धानमा रहेका बुँदा नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मुल्य मान्यता र हाम्रो प्रचलित अभ्यास विरुद्ध भएको ठहर गर्दै प्रेस चौतारी नेपाल तनहुँले प्रस्तावित आमसञ्चार विधेयकको नमुना जलाएर विरोध जनाएको हो ।

विधेयकमा समाबेस गरिएका केही प्रावधानले प्रेस स्वतन्त्रतानै निमोठिने अवस्था हुनसक्छ । यो विधेयक जस्ताको तस्तै अगाडि बढ्यो भने हामी गम्भिर रुपमा आन्दोलनमा उत्रने अवस्थासम्म आउन सक्छ । यो विधेयक जस्ताको तस्तै पारित नगर्न हाम्रो माग छ । 

241988290_4583788508338027_5786337678770371683_n.jpg

संविधानको धारा १९ को उपधार २ मा समाचार, लेख प्रकाशन एवं प्रसारण गरेबापत सञ्चारमाध्यम बन्द, जफत वा दर्ता खारेज गर्न नसकिने उल्लेख छ । यो विधेयकले संविधानको यो व्यवस्थालाई समेत कुल्चेको छ । न्यायीक निकायमा समाचार वा विचारका विषयलाई प्रवेश नै नगराई सिधै मन्त्रालयका सचिवले पत्रकारसँग ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना असुल गर्न सक्ने जस्ता प्रावधान यसमा राखिएका छन् । 

कर्मचारीले पत्रकारलाई कारबाही गर्न सक्ने गरी विधेयक ल्याइएको छ । यो आप्पत्तिजनक छ । जस्तो विधेयकको परिच्छेद १० को दफा ४७ को १ र ३ लाई हेर्ने हो भने मुद्दा हेर्ने अधिकारीमा मुद्दाको सुरू कारबाही र किनारा गर्ने अधिकार मन्त्रालयका सचिवमा हुने उल्लेख गरेको छ ।

दफा ४७ को १ मा इजाजत पत्र नलिई कार्यक्रम उत्पादन, वितरण तथा डाउनलिंक गरेमा त्यस्ता व्यक्तिलाई इजाजत पत्र दस्तुरवापत लाग्ने दस्तुर बराबरको रकम असुल गरी सो बराबरको रकम जरिवाना हुने उल्लेख छ ।

विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्जल पौडेल, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रकाशचन्द्र भट्टराई, प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की, नेपाल पत्रकार महासंघ गण्डकी पदेशका उपाध्यक्ष सोनी शर्मा, रिपोर्टस क्लव का अध्यक्ष मदन वाग्ले, संस्थाका उपाध्यक्ष वि वि श्रेष्ठ लगायत जिल्लामा रहेको पत्रकारहरुको उपस्थिती रहेको थियो ।

चौतारी तनहुँका सहसचिव मदन तिमल्सेनाले संचालन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष नारायण खड्काले विधेयकको वारेमा प्रष्टिकरण गर्नुभएको थियो । 

images
प्रकाशित मिति :भाद्र ३०, २०७८ बुधवार - १९:१०:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology