Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपाल पोलिटेक्निक कलेज भरतपुर र पूर्वाञ्चल युनिभर्सिटीको चरम लापरबाही : परीक्षा दिएका विद्यार्थीको मार्कसिटमा ‘अब्सेन्ट’

नेपाल पोलिटेक्निक कलेज भरतपुर र पूर्वाञ्चल युनिभर्सिटीको चरम लापरबाही : परीक्षा दिएका विद्यार्थीको मार्कसिटमा ‘अब्सेन्ट’

images

इच्छाकामना न्युज

२८, भाद्र २०७८
नेपाल पोलिटेक्निक कलेज भरतपुर र पूर्वाञ्चल युनिभर्सिटीको चरम लापरबाही : परीक्षा दिएका विद्यार्थीको मार्कसिटमा ‘अब्सेन्ट’
images

हिरालाल आचार्य ‘डायमण्ड’, चितवन, २८  भदौ । भरतपुरमा रहेको नेपाल पोलिटेक्निक इन्सिच्युट (एनपिआई) बाट अनलाइन परीक्षा दिएका विद्यार्थीहरु मर्कामा परेका छन् । पूर्वाञ्चल विश्वविद्यालय र पोलिटेक्निक कलेजको लापरबाहीले विद्यार्थीहरुको वर्षाैंको मिहिनेत र लगानी खेर गएको छ भने उनीहरुको भविष्यमाथि खेलबाड भएको छ ।

जसले गर्दा विद्यार्थीहरु चिन्तित बनेका छन् । विश्विद्यालय र कलेजले दिएको पीडा पोख्दै उनीहरु नारायणी अनलाइनसमक्ष आएका छन् । कलेज र विश्वविद्यालयले विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरेको पीडित विद्यार्थीहरुले नारायणी अनलाइनलाई बताएका छन् ।

विद्यार्थीहरुका अनुसार गतवर्षको असोजमा सातौं सेमेष्टरको अनलाइन परीक्षा भयो । १० बजेदेखि १ बजेसम्म परीक्षा सञ्चालन गरियो । १ बजेसम्म उत्तर पुस्तिकाको पिडिएफ फाइल बनाएर मेल गरिसक्नु पर्ने थियो । तर केही विद्यार्थीहरुले इन्टरनेटलगायतका प्राविधिक समस्याका कारण १ बजेभित्रै फाइल पठाउन सकेनन् । उनीहरुले १ः१० सम्ममा फाइल पठाए ।

अनलाइलन परीक्षा दिन छुटाएका र ढिलो गरी फाइल पठाएकाहरुको पुनः परीक्षा लिन कलेजलाई विश्वविद्यालयले भन्यो । अनलाइन परीक्षामा सहभागी भएका तर फाइल समयमै पठाउन नसकेका विद्यार्थीहरुले पुनः भौतिक परीक्षा दिन आवेदन दिए । तर कलेजले २ बजेसम्ममा फाइल पठाएकाले भौतिक परीक्षा दिनुनपर्ने बतायो । तर एक वर्षपछि परीक्षाफल (रिजल्ट) आउँदा ती विद्याथीहरु अनुपस्थित ‘अब्सेन्ट’ भएको भन्दै मार्कसिटमा फेल (अनुत्तीर्ण) अर्थात इन्कम्पिलिट (आई) लेखेर पठाइयो । यो देख्दा विद्यार्थीहरु चकित परे । कहिल्यै फेल नभएका र धेरै नम्बर ल्याएर पास हुँदै आएका विद्यार्थीहरु नै फेल भएको मार्कसिट आउँदा सबै विद्यार्थीहरु चकित बने ।

यसपछि अनुपस्थित भएका भनिएका विद्यार्थीहरु कलेज प्रशासन समक्ष पुगे । कलेजले यो सबै कमजोरी विश्वविद्यालयकै भएको र विश्विद्यालयसँग बुझ्ने आश्वासन दियो ।

कलेजबाट एग्रिकल्चरको सातौं तथा अन्तिम समेष्टरको परीक्षा दिएकी विद्यार्थी जिज्ञासा गौतमले अब पुनः परीक्षा दिएर मार्कसिटमा ब्याक लाएको देखिएमा आफ्नो भविष्य अन्धाकार हुने भन्दै दुखेसो पोखिन् । ‘हामी समस्यामा परेकाहरु अहिलेसम्म कुनै पनि परीक्षामा फेल भएका छैनौं । हाम्रो सबै पूरानो मार्कसिर्ट हेर्दा हुन्छ’ उनले भनिन्, ‘अनलाइन परीक्षा दिँदा इन्टरनेटका कारण २/४ मिनेट ढिला भएको थियो । तर १ बजेसम्म पठाउन छुटेका र नदिएका सबैले भौतिक रुपमा रेगुलर परीक्षा दिन पाउँथे । हामीले त्यो परीक्षा दिन्छौंभन्दा कलेजले रोक्यो ।’

‘मार्कसिटमा ब्याक लाएको देखिएमा भविष्यमा अघि बढ्न गाह्रो हुन्छ भन्ने सोचेर वर्षाैं मिहिनेत गरें । अन्तिम परीक्षामा आएर अनलाइन हुँदा हामीले धोका पायौं । स्कलरसिपमा विदेश गएर पढ्ने कत्रो सपना थियो । तर मार्कसिटमा ब्याक देखियो भने पाउँदैनौं । हामीले घरपरिवारमा कसरी मुख देखाउने’ उनले दुखेसो पोखिन् ।

७ वटा विषय रहेकोमा आफ्नो एउटा विषयको परीक्षमा उक्त समस्या आएको उनले बताइन् । धेरै जसो विद्यार्थीहरुको एउटै विषयमा ढिलो गएको पाइएको बताउँदै उनले केही विद्यार्थीको दुई वटा ढिलो गएको देखिएको बताइन् । एग्रिकल्चर र भेटेनरीमा गरेर ५२ जना विद्यार्थीमा यो समस्या देखिएको जिज्ञासाले जनाइन् ।

‘अहिले त एग्रिकल्चर, भेटेनरीको मात्र रिजल्ट आएको हो । अरुको आउँदा नी त्यस्तै हुने होला । सबै आत्तिएका छन्’ उनले भनिन् ।
१ बजे अघि पठाएका केही विद्यार्थीको फाइल पनि इन्कम्पिलिट भनेर आएको बताउँदै जिज्ञासाले उनीहरुलाई चाहीँ युनिर्भर्सिटीले पठाएको समयसहित जाँदा रिजल्ट प्रकाशित गरिदिने भनेको बताइन् । आफूहरुको पनि त्यहि बेला एकैपटक रिजल्ट प्रकाशन गर्न माग गरेको उनको भनाइ छ ।

आफूहरुलाई युनिभर्सिटीले छिटो डिसिजन दिन नसके, अझै झुलाएर राखे कानुनी न्याय खोज्ने उनले बताएकी छिन् । १ बजेपछि पठाउनु हाम्रो गल्ति भए पनि पछि परीक्षा दिन पर्दैन भन्नु कस्को गल्ति हो ? भन्दै उनले प्रश्न गरेकी छिन् ।

‘रिजल्ट खासमा आउनुपर्ने ३ महिनामा हो । तर १ वर्ष लगाए । विद्यार्थीले आन्दोलन गरेपछि बल्ल रिजल्ट निकालेका हुन्,’ उनले भनिन्, ‘कोरोनाले झुलायो । अब फेरि परीक्षा दिन परे हाम्रो त उमेर नै जान्छ होला ।’

भेटेनरीको नवौं एवम् अन्तिम सेमेष्टरको परीक्षा दिएका हशन बिक्रम थापाले पनि जिज्ञासाकै जस्तै समस्या सुनाए । अब केही समयमा भेटेरिनरी काउन्सिलको लाइसेन्स परीक्षा खुल्ने बताउँदै उनले रिजल्टको टुंगो नलाग्दा सहभागी हुन नसक्ने अवस्था आएको बताए । ‘कतिपय साथीहरुको विदेश गएर पढ्ने योजना थियो । कतिपयको नेपालमै स्नाकोत्तर गर्ने तयारी थियो । कतिपयको जागिर खाने सपना थियो । रिजल्टले गर्दा सबै रोकियो’ उनले भने ।

कलेज प्रमुख भन्छन्, विद्यार्थी र कलेजको केही गल्ति छैन :

कलेजका प्रिन्सिपल बाबुराम उपाध्ययाले यो कुरामा विद्यार्थी र कलेज कसेको पनि केही पनि कमजोरी नरहेको बताए । उनले यो सबै कमजोरी विश्वविद्यालय र त्यहाँ रहेका पदाधिकारीको भएको बताए । ‘सबै युनिभर्सिटीको कुरा हो । युनिभर्सिटीले हाम्रो सफ्टवोयरमा समस्या आयो । दुई बजेसम्म फाइल पठाउनेलाई मान्यता दिनु । उनीहरुको फेरि परीक्षा नलिनु भन्यो,’ उनले भने, ‘हामीले त्यसैअनुसार विद्यार्थीलाई सूचना दियौं । र दुई बजेसम्म पठाउनेहरुसँग पछि चान्स इक्जाम लिएनौ । हामीले दिनु पर्दैन भन्यौं । उनीहरुले दिन्छौं भनेर आवेदन दिन आएका थिए ।’कुनै दुई घण्टाको त कुनै तीन घण्टाको परीक्षा भए पनि युनिभर्सिटी आफैले सबैलाई तीन घण्टा समय दिएको उनले बताए ।

परीक्षाफल प्रकाशन गर्ने जिम्मा कलेजको नभएको बताउँदै उनले युनिभर्सिटीको आधिकारिक सूचनाअनुसार नै काम गरिएको बताए । विश्वविद्यालयमा नयाँ रजिष्ट्रार प्रमुख आएपछि पूरानो नियमलाई मान्दिनभन्दा समस्या सिर्जना भएको उनको भनाइ छ । पहिलाको रजिष्ट्रारले पनि दुई बजेसम्मको फाइल लिने भनेर सूचना पठाएको स्वीकारेको भए पनि अहिलेका रजिष्ट्रारले नमानेको उनले बताए ।

उनले विश्वविद्यालयसँग विद्यार्थीको समस्या छिटो समाधान गर्न र पहिले दिएकै परीक्षाका आधारमा नतिजा प्रकाशन गर्न कलेजले पटकपटक भनिरहेको उनको भनाइ छ ।

उत्कृष्ट नतिजा ल्याइरहेका विद्यार्थीहरुमा नै यो समस्या देखिएकाले यो समस्या जसरी पनि समाधान हुनुपर्छ भनि आफूहरु लागिरहेको उनको भनाइ छ ।

विश्वविद्यालयका रजिष्ट्रार भन्छन्, नियमभन्दा बाहिर जान सक्दैनौं :

पूर्वाञ्चल विश्विद्यालयका रजिष्ट्रार निलमनी पोखरेलले विश्वविद्यालय नियमभन्दा बाहिर जान नसक्ने बताए । १ बजेपछि पठाउने विद्यार्थीको नतिजा प्रकाशन गर्न नमिल्ने भएकाले नगरिएको उनले बताए । १ बजभित्रै फाइल पठाएर पनि नतिजा नआएकाहरुको भने नतिजा प्रकाशित गर्ने तयारी गरिएको उनको भनाइ छ । हरेक विषयको परीक्षा समय फरकफरक हुने हुँदा त्यसमाथि तलमाथि गरिनु गलत हुने उनले बताए ।
तर २ बजेसम्म थप गरिएको समयको बारेमा उनले केही बोलेनन् । आफू आएको तीन महिना भएको बताउँदै उनले आफूले विश्वविद्यालयलाई नियमभन्दा बाहिर जान नदिने बताए ।

केही विद्यार्थीहरु समस्यामा परेको स्वीकार गर्दै उनले यसप्रति विश्विद्यालय गम्भीर बनेको बताए । उनीहरुलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर आफूहरुले सोचिरहेको उनको भनाइ छ ।

यस विषयमा थप बढी जिम्मेवार डिनको कार्यालय हुने बताउँदै उनले आफूहरुले डीनसँग पनि सबै कुरा राखेको बताए । नारायणी अनलाईनबाट

images
प्रकाशित मिति :भाद्र २८, २०७८ सोमवार - २०:१९:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology