Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अब युट्युबरले पनि अग्रिम एक प्रतिशत कर तिर्नुपर्ने

अब युट्युबरले पनि अग्रिम एक प्रतिशत कर तिर्नुपर्ने

images

इच्छाकामना न्युज

२५, भाद्र २०७८
अब युट्युबरले पनि अग्रिम एक प्रतिशत कर तिर्नुपर्ने
images

काठमाण्डौ, २५ भदौ । नेपाल सरकारले पहिलो पटक सामाजिक सञ्जालमार्फत हुने आयमा कर लगाउने भएको छ । युट्युबसहित सामाजिक सञ्जालमा श्रव्यदृष्य सामग्री अपलोड गरेवापत प्राप्त हुने विदेशी मुद्रामा अब एक प्रतिशत कर लाग्ने भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै कुनै व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वा सामाजिक सञ्जालमा श्रव्यदृष्य सामग्री अपलोड गरेवापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गर्दा एक प्रतिशतका दरले कर लाग्ने व्यवस्था गरेका छन् ।

अब सम्बन्धी बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनी ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्ने भएको उनको भनाई छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०७८ शुक्रवार - १९:३८:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology