Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज हरितालिका तीजः हिन्दू नारीहरुले नाचगान र पूजा उपासना गरेर धुमधामका साथ मनाउँदै

आज हरितालिका तीजः हिन्दू नारीहरुले नाचगान र पूजा उपासना गरेर धुमधामका साथ मनाउँदै

इच्छाकामना न्युज

२४, भाद्र २०७८
आज हरितालिका तीजः हिन्दू नारीहरुले नाचगान र पूजा उपासना गरेर धुमधामका साथ मनाउँदै
images

काठमाडौं, २४ भदौ । आज हरितालिका तीज, नेपाली हिन्दू नारीहरुले नाचगान र पूजा उपासना गरेर धुमधामका साथ मनाउँदैछन् । हरित अर्थात हरण गरिएकी र आलिकाको अर्थ शखीद्वारा भन्ने हुन्छ । शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ ।

images
images

हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेपछि महादेश शिवलाई पतिको रुपमा पाएको स्कन्द पुराणमा उल्लेख छ । विवाहित महिलाले पतिको दिर्घायु तथा अविवाहितले शुयोग्य बर पाउनका लागि अघिल्लो दिन राति अवेरसम्म दर खाएर भोलिपल्ट तीजको दिन निराहार ब्रत बसेर शिवको पुजा गर्ने परम्परा छ ।

भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई लिने गरेका छन् ।

पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको भन्दै संस्कृतिविदले चिन्ता समेत व्यक्त गर्ने गरेका छन् ।

यसैबीच, यो वर्ष पनि कोरोना भाइरसको महामारीले गर्दा काठमाण्डौको पशुपतिनाथसहित देशभरका शिवालय बन्द भएपछि महिलाहरुले घरमै बसेर पूजा आजा गरिरहेका छन् । महामारीको जोखिम बढ्न सक्ने भन्दै सरकारले धार्मिक स्थल बन्द गरेको छ भने स्वास्थ्य विज्ञहरुले पनि मन्दिर नजान सुझाव दिएको छ ।

images
प्रकाशित मिति :भाद्र २४, २०७८ बिहिवार - ०७:२२:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology