Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र विवाद फेरी बल्झियो, माओवादी केन्द्रबाट निर्वाचित १० जना कार्यपालिका सदस्यहरुले प्रजिअलाई बुझायो ज्ञापनपत्र

गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र विवाद फेरी बल्झियो, माओवादी केन्द्रबाट निर्वाचित १० जना कार्यपालिका सदस्यहरुले प्रजिअलाई बुझायो ज्ञापनपत्र

images

इच्छाकामना न्युज

२३, भाद्र २०७८
गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र विवाद फेरी बल्झियो, माओवादी केन्द्रबाट निर्वाचित १० जना कार्यपालिका सदस्यहरुले प्रजिअलाई बुझायो ज्ञापनपत्र
images

भुम्लिचोक, २३ भदौ । गोरखाको गण्डकीमा गाउँ कार्यपालिकाको केन्द्र विवाद फेरी बल्झीएको छ । मंगलबार गाउँपालिका अध्यक्षले आफ्नो घर पायक केन्द्र राख्न खोजेको भन्दै नेकपा माओवादी केन्द्रबाट निर्वाचित कार्यपालिका सदस्यहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै ध्यानकर्षण गराएपछि फेरि विवाद बल्झिएको हो।

मंगलबार नेकपा माओबादी केन्द्रका तर्फबाट निर्वाचित भएका १० जना गाउँ कार्यापालिका सदस्यहरुले प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेललाई भेटेर ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्रमा गाउँपालिकाको केन्द्र भूम्लिचोक बनटारमा कायम गर्न २०७६ बैशाख १ गतेको बसेको कार्यापालिकाको २६ औं बैठकमा बहुमतले निर्णय गरेको भएपनि उक्त निर्णय बिपरित अध्यक्ष होमबहादुर रानाले आफ्नो पायक पर्ने क्षेत्रमा एकल निर्णय गरि केन्द्र राख्ने दुरासाय राखेको उल्लेख गरिएको छ ।

बहुमत कार्यपालिका सदस्यहरुले अध्यक्षको एकल निर्णय प्रति आफुहरुको असहमति रहेको भन्दै निर्णय भएअनुसार बनटारमा नै केन्द्र राख्ने कार्यका लागि आबश्यक प्रक्रिया अगाडी बढाइदिन प्रमुख जिल्ला अधिकारी पौडेलको ध्यानकर्षण गराएका हुन् ।

बिबादित बिषयमा कानुन बमोजिम दुई तिहाई प्रक्रियामा अगाढी बढाउनु पर्ने समेत उल्लेख गर्दै गाउँ कार्यापालिका सदस्यहरु जीवन गुरुङ, रामप्रसाद रेग्मी, तुलसी रेग्मी, गीरबहादुर गुरुङ, मीरा रेग्मी कट्टेल, पहलमान बयलकोटी, लक्ष्मी सुनार, रिममाया थापामगर, मीना सुनार भगवती चेपाङले हस्ताक्षर गरेको पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएको हो ।

वडा नम्बर ६ का वडाध्यक्ष जीवन गुरुङको नेतृत्वमा सदरमुकाममा आएको टोलीले नापी र मालपोत कार्यालयमा पनि ध्यानकर्षण पत्र बुझाएका छन्।  अध्यक्ष रानाले गाउँपालिकाको केन्द्र निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएको भन्दै अध्यक्षको एकलौटी निर्णयलाई स्विकार नगर्ने बताएका छन् । गण्डकी गाउँपालिकामा कुल १६ जना कार्यपालिका सदस्यहरु मध्ये १० जनाले बिरोध गरेका छन् ।

स्मरण रहोस् गण्डकी गाउँपालिकाको केन्द्र बनटार राख्ने प्रस्ताव गाउँपालिकाको २०७७ असोज १४ गते सम्पन्न छैटौं गाउँसभामा प्रस्तुत भएकोमा बहुमत सदस्यले अस्वीकृत गरेको थियो। (हेर्नुस् यस सम्बन्धि समाचारको लिंक) केन्द्र सार्नका लागि गाउँसभामा तत्काल कायम सदस्य संख्याको दुई तिहाईले समर्थन गर्नुपर्ने हुन्छ। 

images
प्रकाशित मिति :भाद्र २३, २०७८ बुधवार - ०९:४८:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology