Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

‘ए’ डिभिजन फुटसल लिग प्रतियोगिताको खेल तालिका सार्वजनिक 

‘ए’ डिभिजन फुटसल लिग प्रतियोगिताको खेल तालिका सार्वजनिक 

images

इच्छाकामना न्युज

२३, भाद्र २०७८
‘ए’ डिभिजन फुटसल लिग प्रतियोगिताको खेल तालिका सार्वजनिक 
images

काठमाण्डौ, २३ भदौ । राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिग प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटिले हिजो खेल तालिका सार्वजनिक गरेको हो ।

पोखराको बहूदेशीय कभर्डहलमा फुटसल लिग असोज २ गतेदेखि असोज २२ गतेसम्म आयोजना हुनेछ । लिगको उद्घाटन खेलमा द राइजिङ क्लब धरान र स्काई गोल काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन नै दोस्रो खेलमा स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

लिगमा फुटसल फाइभ धरान, द राइजिङ क्लब धरान, ढुकु फुटसल हब, संखमुल फुटसल, प्रभातफेरी युथ क्लब, स्काई गोल फुटसल, स्पोर्ट्स क्यासल, सबिन मेमोरियल फुटसल क्लब, लुम्बिनी फुटसल र झरना स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने छन् । लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले बताईएको थियो ।

यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विङ्गर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको थियो ।एन्फाले यस प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन गरिने जनाएको छ ।उक्त टोलीले एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता खेल्ने छन् ।

images
प्रकाशित मिति :भाद्र २३, २०७८ बुधवार - ०९:११:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology