Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आजपनि देशका ४ प्रदेशमा मौसम बदली रहने 

आजपनि देशका ४ प्रदेशमा मौसम बदली रहने 

images

इच्छाकामना न्युज

२३, भाद्र २०७८
आजपनि देशका ४ प्रदेशमा मौसम बदली रहने 
images

चितवन, २३ भदौ । मौसम पूर्वानुमान महाशाखाले आज पनि केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान आगामी तीन दिनसम्मको बुलेटिन सार्वजनिक गर्दै आज देशका चारओटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको बताएको हो ।

आज बिहान देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश  १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

काठमाडौँमा आज दिउँसो सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बताइएको छ । यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वर्षा हुने क्रम अब विस्तारै कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । यद्यपि, सेप्टेम्बरको अन्तिम र अक्टोबरको पहिलो हप्ता नभइ मनसुन नसकिने भएकाले जुनसुकै बेला भारी वर्षा हुने उहाँको भनाइ छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । 

images
प्रकाशित मिति :भाद्र २३, २०७८ बुधवार - ०९:०४:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology