Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आँबुखैरेनीका १ जना एमालेबाट निर्वाचित जनप्रतिनिधीले समाजवादी पार्टीमा सनाखत गरे 

आँबुखैरेनीका १ जना एमालेबाट निर्वाचित जनप्रतिनिधीले समाजवादी पार्टीमा सनाखत गरे 

माओवादी कार्यकर्ताले अपहरण गरेर सनाखत गराएको एमालेको आरोप

images

इच्छाकामना न्युज

२२, भाद्र २०७८
आँबुखैरेनीका १ जना एमालेबाट निर्वाचित जनप्रतिनिधीले समाजवादी पार्टीमा सनाखत गरे 
images

आँबुखैरेनी, २२ भदौ एमालेबाट निर्वाचित आँबुखैरेनी गाउँपालिका वडा नं. ६ का वडा सदस्य विजय गुरुङ (सञ्जय)लाई माओवादीका कार्यकर्ताले अपहरण गरेर नेकपा एकिकृत सामाजवादी पार्टीमा सनाखतका लागि जिल्ला निर्वाचन कार्यालय लगेको नेकपा एमाले तनहुँले जनाएको छ। एमाले तनहुँकी पार्टी सचिव भगवती न्यौपानेका अनुसार उनलाई गण्डकी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला मन्त्री हरि चुमानका छोरा शुक्र चुमान र स्वकीय सचिव खुमबहादुर विकले अपहरणको शैलीमा निर्वाचन कार्यालय लगेको आरोप लगाएकी छिन्।

एमाले तनहुँले सांसद किसान श्रेष्ठकै निर्देशनमा उनीहरुले गुरुङलाई जबरजस्ती लगेको आरोप लगाएको छ। 

यस्तै नेकपा एमाले आँबुखैरेनीका अध्यक्ष मीना अधिकारीले पनि नेकपा एकिकृत समाजवादीमा सनाखत गरेका वडासदस्य विजय गुरुङ (सञ्जय) लाई जबरजस्ती अपहरण गरी डरत्रास धम्की दिएर हस्ताक्षर गर्न लगाएको आरोप लगाउतै सामाजिक संजालमा प्रतिक्रिया लेखेका छन्। 

mina.jpg

एमालेबाट विजयी बनेका सांसद श्रेष्ठले आफू कांग्रेस र माओवादीको मतबाट विजयी बनेको सार्वजनिक रुपमा बताएपछि उनका विपक्षमा तनहुँका बहुसंख्यक जनप्रतिनिधी उभिएका हुन्।

images
प्रकाशित मिति :भाद्र २२, २०७८ मंगलवार - २१:३९:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology