Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

जिल्ला प्रशासन र मालपोत गोरखाको सेवा अब सबै बार पाईने

जिल्ला प्रशासन र मालपोत गोरखाको सेवा अब सबै बार पाईने

images

इच्छाकामना न्युज

२२, भाद्र २०७८
जिल्ला प्रशासन र मालपोत गोरखाको सेवा अब सबै बार पाईने
images

गोरखा, २२ भदौ ।  जिल्ला प्रशासन कार्यालय गोरखा र मालपोत कार्यालय गोरखाबाट अबदेखि सबै बार सबै पालिकाका लागि सेवा प्रबाह हुने भएको छ । कोरोना संक्रमणको त्रासका कारण यी दुई कार्यालयले बारअनुसार पालिका बिभाजन गरी सेवा प्रबाह गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नै शनिबारबाहेक सबै बार सबै पालिकाका सेवाग्राहीलाई सेवा प्रबाह गर्न सुरु गरेको छ । मालपोत कार्यालयले मंगलबारदेखि शनिबारबाहेक सबै बार सबै पालिकाका सेवाग्राहीलाई सेवा दिने निर्णय गरेको छ ।

साथै मालपोत कार्यालयले यसअघि रोकिएका सबै सेवाहरु सुचारु गर्ने निर्णय भएको कार्यालयका रवि सुवेदीले जानकारी दिए । कोभिड संक्रमणको त्रासका कारण यसअघि मालपोतले रजिष्ट्रेशन पास, रोक्का र फुकुवाको सेवा मात्र दिने गरेको थियो ।

रोकिएका मुद्दा, नामसारी, संशोधन, ट्रायल चेकलगायतका सेवा पनि अबदेखि सुरु गर्ने निर्णय भएको सुवेदीले जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र २२, २०७८ मंगलवार - २०:०६:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology