Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अन्ततः इच्छाकामना ४ को कांग्रेस वडासभापतिमा राजेन्द्रदेव त्रिपाठी निर्वाचित, बुद्धिप्रसाद सिलवाल पराजित

अन्ततः इच्छाकामना ४ को कांग्रेस वडासभापतिमा राजेन्द्रदेव त्रिपाठी निर्वाचित, बुद्धिप्रसाद सिलवाल पराजित

इच्छाकामना न्युज

२२, भाद्र २०७८
अन्ततः इच्छाकामना ४ को कांग्रेस वडासभापतिमा राजेन्द्रदेव त्रिपाठी निर्वाचित, बुद्धिप्रसाद सिलवाल पराजित
images

कुरिनटार,२२ भदौ । नेपाली कांग्रेस इच्छाकामना ४ को वडा सभापतिमा राजेन्द्रदेव त्रिपाठी निर्वाचित भएको छ। मंगलबार सम्पन्न निर्वाचनमा बुद्धिप्रसाद सिलवाललाई २५ मतले पराजित गर्दै वडासभापतिमा त्रिपाठी निर्वाचित भएको हो ।

images
images

कुल ८२ मत मध्ये राजेन्द्रदेव श्रेष्ठले ५३ मत प्राप्त गरि विजयी हुनुभएको निर्वाचन अधिकृत देब बहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्धिप्रसाद सिलवालले २८ मत प्राप्त गर्नुभयो । १ मत भने बदर भएको निर्वाचन अधिकृत गुरुङले बताउनुभयो । 

यसैबिच सभापति बाहेक वडा कमिटिका पदाधिकारी, सदस्यहरु र क्षेत्रिय प्रतिनिधिहरु निर्विरोध चयन भएका छन् ।

कांग्रेसको अन्य ६ वटा वडामा सोमबार नै सबै पदमा निर्विरोध भएका छन्। वडा नम्बर ४ मा भने सभापतिमा सहमती नजुटेपछि मंगलबार निर्वाचन भएको हो । नेपाली कांग्रेस इच्छाकामनाको १४ औँ वडा अधिवेशन सोमबार देखि सुरु भएको थियो।

यसैबिच अधिवेशनले उपसभापतिमा  डुपेन्द्र गुरुङ र युवराज ढकाल, सचिवमा दोजराज सिलवाल र हेमन राई, सह–सचिवमा विनोद त्रिपाठी र निर्मल श्रेष्ठ, सदस्यहरुमा राजकुमार त्रिपाठी, नवराज बहादुर क्षेत्री, यादव थापा, कृष्ण बहादुर गुरुङ, रविन्द्र त्रिपाठी, धन बहादुर श्रेष्ठ र राजु विक सर्वसम्मत निर्वाचित भएका छन्।

क्षेत्रिय प्रतिनिधिहरुमा भने खुल्लातर्फ बासुदेव सिलवाल, मुक्तिनाथ सिलवाल (विदुर), होम बहादुर सिलवाल (जीवन), भीम बहादुर गुरुङ, शंकर सिलवाल र विष्णुप्रसाद त्रिपाठी, महिलातर्फ सावित्री गुरुङ, लक्ष्मी त्रिपाठी र भीम कुमारी थापा, खस आर्यतर्फ राजेश त्रिपाठी, जनजाती महिलातर्फ सुशिला श्रेष्ठ र मिनु राई जनजातीतर्फ नैन बहादुर गुरुङ, सन्त बहादुर आले र राम बहादुर गुरुङ, अल्पसंख्यकतर्फ सुरज छन्त्याल र दलिततर्फ पूर्ण बहादुर विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन्।

images
प्रकाशित मिति :भाद्र २२, २०७८ मंगलवार - १९:५१:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology