कुरिनटार, २२ भदौ । पहिरोका कारण बिहानै देखि अवरुद्ध मुग्लिन– नौविसे सडक पहिरो पन्छाएर सुचारु भएको छ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जोगिमारामा बिहान ६ बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको थियो।
पहिरो गएको २ घण्टा पछि पहिरो हटाएर करिब ८ बजेतिर सडक एकतर्फी सूचारु गरिएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिनुभयो । फिस्लिङबाट सडक विभागको मेसिन सहित टोली गएर पहिरो हटाएको हो।
तस्विरः दान बहादुर गुरुङ