Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) देवघाटको अध्यक्षमा सुशीला नेपाल चयन

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) देवघाटको अध्यक्षमा सुशीला नेपाल चयन

images

आशिक राना

२१, भाद्र २०७८
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) देवघाटको अध्यक्षमा सुशीला नेपाल चयन
images

देवघाट, २१ भदौ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) देवघाट गाउँपालिकाको अध्यक्षमा  सुशीला नेपाल चयन भएका छन्। नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल नेपाल महिला संघ  (क्रान्तिकारी) देवघाटको दोस्रो सम्मेलनले नेपालको अध्यक्षतामा ५९ सदस्य  कमिटि गठन गरेको हो।

सो भेलाबाट उपाध्यक्षमा जौ माया राना र लालश्री गुरुङ, कोषाध्यक्षमा कल्पना पाण्डे, सह–सचिवमा सुनिता तामाङ र रिता सुनार चयन भएका छ्न्। कमिटी ५९ सदस्यीय गठन भएको नेकपा माओवादी केन्द्र देवघाटका अध्यक्ष भुवनसिङ्ग गुरुङले जानकारी दिए।

कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका सदस्य एवं गण्डकी प्रदेशका माननीय आशा कोइराला, विशेष अतिथि अ.ने.म.संघ (क्रान्तिकारी) केन्द्रिय सदस्य गिता शाहि, अतिथि नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटिका सचीवलय सदस्य हेमराज लामिछाने, नेकपा माओवादी केन्द्र देवघाटका अध्यक्ष एवं जिल्ला सचिवालय सदस्य भुवन सिङ्ग गुरुङ, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य जयकृष्ण सुवेदी, अखिल नेपाल सिक्षक संगठनका जिल्ला सह–सचिव भिम सापकोटा, नेकपा माओवादी केन्द्र देवघाटका सचिव होम बहादुर भारती लगायतले शुभकामना मन्तव्य राखेका थिए। 

सो कार्यक्रममा नेकपा  माओवादी केन्द्र देवघाट  ५ अध्यक्ष किरण सुवेदी, देवघाट गाउँकमिटि वाईसियल अध्यक्ष योगेन्द्र गुरुङ, देवघाट गाउँकमिटि वाईसियल सचिव उमेश आले, शहिद परिवार आमाहरु सितादेवि सुवेदी र टुल्किदेवि लामिछाने लगाएको उपस्थिति रहेको थियो भने देवघाट गाउँपालिका अखिल नेपाल महिला संघ क्रान्तीकारी माया शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

images
प्रकाशित मिति :भाद्र २१, २०७८ सोमवार - २२:४९:५७ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology