Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मनकामना मन्दिर र केवलकार भदौ २३ बाट संचालनमा आउने

मनकामना मन्दिर र केवलकार भदौ २३ बाट संचालनमा आउने

images

इच्छाकामना न्युज

२१, भाद्र २०७८
मनकामना मन्दिर र केवलकार भदौ २३ बाट संचालनमा आउने
images

गोरखा,२१ भदौ । प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर, गोरखकाली मन्दिर भदौ २३ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण गएको बैशाख १६ गतेबाट मन्दिरमा नित्यपूजा मात्रै हुँदै आएको थियो ।

भदौ २३ गते बुधवारबाट मन्दिरमा भक्तजनको आवागमन खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्ने र गराउने गरि मन्दिर खुला गर्ने निर्णय गरेको ।

आजै मनकामना क्षेत्र विकास समितिका पदाधिकारी तथा शहिद लखन वडा नम्वर २ र ३ का जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीविच मन्दिर खुला भएपछि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा लगायतका विषयमा छलफल भएको थियो ।

मनकामना मन्दिर खुल्ने भएपछि मनकामना केवलकारले पनि सेवा शुरु गर्ने भएको छ । भदौ २० गतेबाटै केवलकार सञ्चालन गर्ने मनकामना दर्शन प्रालिको तयारी थियो । तर मन्दिर खुलेपछि मात्रै सञ्चालन गर्न प्रशासन कार्यालयले मौखिक आग्रह गरेको थियो ।

images
प्रकाशित मिति :भाद्र २१, २०७८ सोमवार - २०:२७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology