आँबुखैरेनी, २० भदौ । तनहुँको आँबुखैरेनीमा रहेको आँबुखैरेनी स्रष्टा समाजले कृति लोकार्पण तथा एकल कविता वाचन कार्यक्रमको आयोजना गर्ने भएको छ। समाजको आज बसेको कार्यसमिति बैठकले कवि अनिल श्रेष्ठको ‘मध्यरातमा मुर्कट्टा’ कृतिको लोकार्पणका साथै वरिष्ठ कवि प्रमोद प्रधानको एकल कविता वाचन कार्यक्रमको अयोजना गर्ने निर्णय गरेको हो।
समाजको अध्यक्ष समेत रहेका कवि अनिल श्रेष्ठको ‘मध्यरातमा मुर्कट्टा’ कृतिको यहि भदौ २४ गते बिहान ८ बजे आँबुखैरेनीको माई छिम्केश्वरी पार्टी प्यालेस एण्ड रिसोर्टमा एक कार्यक्रमको आयोजना गरि कृति लोकार्पण गरिने निर्णय गरेको हो।

यस्तै भदौ २५ गते साँझ ६ बजे भर्चुअल माध्यम जुमबाट वरिष्ठ कवि प्रमोद प्रधानको एकल कविता वाचन कार्यक्रमको आयोजना गर्ने र वरिष्ठ निबन्धकार, समालोचक र शिक्षाविद् प्राध्यापक राजेन्द्र सुवेदीको असामायिक निधन प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको स्मृतिमा बन्न गइरहेको वृत्तचित्र निर्माण र स्मृतिग्रन्थ प्रकाशनका लागि श्रद्धाञ्जली विज्ञापन स्वरुप ५ हजार सहयोग गर्ने निर्णय भएको समाजका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए।