Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आज गोरखाका २१ जनामा कोरोना सङ्क्रमण 

आज गोरखाका २१ जनामा कोरोना सङ्क्रमण 

images

इच्छाकामना न्युज

२५, कार्तिक २०७७
आज गोरखाका २१ जनामा कोरोना सङ्क्रमण 
images

गोरखा, २५ कार्तिक
आज मङगलबार गोरखाका थप २१ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ। संक्रमितमध्ये ३ जना सरकारी कर्मचारी रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयले जारी गरेको बिज्ञप्तीमा गोरखा नगरपालिका भित्र ७ जना र पालुङटार नगरपालिकाका भित्र ७ जनामा कोरोना संक्रमण भेटिएको हो ।

संक्रमिणहरु गोरखा नगरपालिका वडा नम्बर ४का २ जना, ८ का १ जना, ९ का १ जना, १२ का २ जना र १४का १ जना रहेका छन् । गोरखा नगरपालिकाका संक्रमण पुष्टी भएका ३ जना सरकारी कर्मचारीहरु रहेको पुष्टी भएको छ। संक्रमित मध्ये गोरखा नगरपालिकाको लेखा शाखामा कार्यरत १ जना पुरुष कर्मचारी, वडा नम्बर १२ को प्राविधिक र ४ को सरस्वति मावि फिनामको शिक्षक रहेको पुष्टी भएको हो ।

त्यस्तै गोरखा अस्पतालबाट संकलन गरि कोरोना परीक्षणका लागि पठाइएका २७ बर्ष, ४० बर्ष र ५२ बर्षका ३ जनामा पनि आज कोरोना पुष्टी भएको छ । त्यस्तै अजिरकोट गाउँपालिकाका २२ बर्ष, ३३ बर्ष ३२ बर्ष र ३४ बर्षका गरि थप ४ जनामा पनि कोरोना पुष्टी भएको स्वास्थय कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिए ।

यो संगै गोरखा जिल्लामा संक्रमितहरुको संख्या ५४० जना पुगेको छ । जसमध्ये १३८ जना संक्रिय सक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । त्यस्तै गरी गोरखा घर भई बाहिरी जिल्लामा संक्रमित भएकाहरुको संख्या ५९ पुगेको छ ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - १८:१५:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology